काठमाडौँ । चैत १६ गते विप्लव नेत्तृत्वको समूहले गर्ने भनिएको नेपाल बन्द नहुने भएको छ । नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै विप्लवले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
विप्लव नेत्तृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घाषणा गरेको थियो । तर अहिले चलिरहेको एसइई परीक्षालाई कुनै असर नपरोस भनि बन्द फिर्ता लिएको नेकपा स्रोतले जनाएको छ ।
विप्लवले चैतभित्र आफ्नो समुहमाथिको प्रतिबन्ध हटाउन माग गरेको छ । आफ्ना सम्पुर्ण कार्यक्रतालाई छोडेर प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने विप्लवको दाबी छ ।