बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाहको मिति तोकिएको बारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरिरहेका छन् ।

Advertisement

भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।

यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन ।

भारतीय मिडिया अनुसार विवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ । उनीहरुले क्रिश्चिय रितिरिवाजमा विवाह गर्ने बताइएको छ ।

यता मलाइका अर्जुनले तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!