काठमाडौं, १३ चैत । कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

Advertisement

जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा उनी धरौटीमा रिहा भएका हुन् । जिसीलाई यातनाविरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!