राँझा, १३ चैत । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ । महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफैँले बस सञ्चालन गर्ने तयारी गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

Advertisement

“चालू आर्थिक वर्षभित्रै ६ सुविधासम्पन्न बस सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो । उपमहानगरपालिका र त्यस आसपासका क्षेत्रमा महिलामैत्री बस सञ्चालन गरिनेछ । “महिला यात्रु मात्रै चढ्ने गरी बस सञ्चालनको तयारीमा छौँ । चालक र अन्य कर्मचारी पनि सकभर महिला नै राख्न खोजेका छौँ,” राणाले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!