बलिउडमा स्टार किड्सको प्रवेश निकै बढेको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर, अभिनेता सैफ अली खानकी छोरी सारा अली खान, चंकी पान्डेकी छोरी अनन्या, अभिनेता गोविन्दाकी छोरी टीना आहुजाले बलिउड फिल्ममा आफ्नो पाइला राखिसकेका छन् । चाँडै अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउड प्रवेश गर्न लागेको चर्चा छ ।
यसबीच, एक समयका सर्वाधिक सफल अभिनेता सुनील शेट्टीका छोरा अहान पनि बलिउडमा डेब्यू गर्ने फाइनल भएको छ । साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्ममा उनी लिड रोलमा देखिने भएका छन् । उनको अपोजिटमा अभिनेत्री तारा सुतारियालाई अनुबन्ध गरिएको छ । उनको डेब्यू फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ प्रदर्शनको तयारीमा छ ।
जूनबाट छायांकन सुरु हुने फिल्मको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । साजिदले भनेका छन्, ‘हामीलाई लिड अभिनेत्री मिलेको छ र म भन्न चाहन्छु कि, तारा एक कुशल अभिनेत्री हुन् । दर्शकलाई यो निकै रोमान्टिक र रोमाञ्चक जोडी साबित हुनेछ । हामी जूनबाट फ्लोरमा जान सक्ने छौं ।’ यो फिल्म हिट तेलुगु फिल्म ‘आरएक्स १००’ को रिमेक हुनेछ ।
फिल्ममा एक्सनले भरिपूर्ण हुनेछ । किनकि, ‘आरएक्स १००’ एक्सनका कारण हिट भएको थियो । मिलन लुथरियाले फिल्मलाई निर्देशन गर्नेछन् । नाडियावाला ग्रेडसन इन्टरटेनमेन्टको आधिकारिक ट्विटर ह्यान्डलबाट यो कुराबाट जानकारी दिइएको छ । लुथरियाले ‘द डर्टी पिक्चर’, ‘वन्स ओपन ए टाइम इन मुम्बई’, ‘कच्चे धागे’ र ‘बादशाहो’ फिल्म निर्देशन गरिसकेका छन् ।