बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको  नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।...
जनकपुर आईपुग्यो नेपाली रेल

जनकपुर आईपुग्यो नेपाली रेल

जनकपुरधाम । जनकपुरमा आज दिउँसो नेपाली रेल आईपुगेको छ । भारतको जयनगरबाट आएको रेल दिउँसो करिब २ बजे जनकपुर आईपुगेको हो । जनकपुर–जयनगर रुटमा सञ्चालनका लागि सरकारले भारतको कोंकन रेल्वे कर्पोरेशनसँग ८४ करोड ६५ लाखमा दुई वटा ब्रोडगेज रेल किनेको हो । कोरोना महामारीका कारण दुबै रेल फागुनदेखि नै बिहारमा रोकिएका थिए । अब, दुई देशमा सञ्चालनका लागि परीक्षण गर्न रेल नेपाल ल्याईएको हो । यसैबीच, रेल हेर्नका...
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ

लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ल...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

बिराटनगर । आज विश्वकर्मा पूजा । असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन, अध्ययनका विद्वान विश्वकर्मा बाबाको पूजाका रुपमा मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् । बिशेष गरी आज कलकारखाना रंगीचंगी पारी पूजा गरिन्छ । फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनबिश्वास छ । बर्ष भरी कुनै अप्रिय घ...
सप्तरीमा बलात्कृत किशोरीले न्याय नपाएपछि गरिन् आत्महत्या

सप्तरीमा बलात्कृत किशोरीले न्याय नपाएपछि गरिन् आत्महत्या

सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन्। बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका-७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ। सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन्। उनका अनुसार आरोपित चार जनाविरुद्...
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । राजधानीसहित देशका बिभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पले हल्लाएपछि काठमाडौंमा मानिसहरु घर बाहिर निश्किएका थिए । भूकम...
असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने

असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने

काठमाडौं । असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुलाउँने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो । अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान गत चैत १० गतेबाट बन्द भएको थियो । सरकारले झण्डै ६ महिना पछि अन्तरजिल्ल...
बालबालिकाको पढ्ने, लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री ओली

बालबालिकाको पढ्ने, लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिए । बालबालिकाको रुचि, क्षमता र छनोटका विषयमा अभिभावक...
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान क...
कारागारका २ सय ३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

कारागारका २ सय ३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २ सय ३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८ सय भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १ सय ३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि स...
भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मध्यपुर थिमि–९ निकोसेरामा बाबु–आमा र छोरा घरमै मृत भेटिएका हुन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्त मृत फेला परेको महानगरीय प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार घरको दोश्रो तल्लामा सम्झना र कुकुर मृत भेटिएका छन् । तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा छोरा सुदि...
चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नु अनुरोध...
नेपाली किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना पक्राउ

नेपाली किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना पक्राउ

रौतहट । एक नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो। बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा  एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा श...
६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले...
कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्...
केही दिन वर्षाको क्रम बढ्ने, सावधानी अपनाउन अनुरोध

केही दिन वर्षाको क्रम बढ्ने, सावधानी अपनाउन अनुरोध

काठमाडौं । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् । उनका अ...
अझै पाएनन् उखु किसानले २४ करोड

अझै पाएनन् उखु किसानले २४ करोड

सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ ।  जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरु गरे पनि अन्नपूर्ण च...
अब आउने चुनावमा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था

अब आउने चुनावमा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन् । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्ष...
अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाले सुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपाले बामदेब गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुपरेको हो । उनको राष्ट्रिय सभाको पदावधि शनिबार सकिँदैछ । खतिवडा २०७४ फागुनमा अर्थमन्त्री बनेका थिए । उनको राष्ट्रिय सभा सदस्य पद गत फागुनमा सकिएको थियो । राष्...
झडपपछि ललितपुरमा कर्फ्यु

झडपपछि ललितपुरमा कर्फ्यु

काठमाडौं । ललितपुर जिल्लामा आज कर्फ्यु आदेश जारी भएको छ । पुल्चोकमा हिजो निषेधाज्ञा उल्लंघन गरी मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ...
तस्करी गरी लैजाँदै गरिएको काठसहित २ जना पक्राउ

तस्करी गरी लैजाँदै गरिएको काठसहित २ जना पक्राउ

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए । पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्...
पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली

पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २ सय ६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एयरलाइन्...
जनगणनाका लागि प्रश्नावली प्रकाशन

जनगणनाका लागि प्रश्नावली प्रकाशन

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभाग...
काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हो । मेयर शाक्यको ग्रान्डी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको भएपनि आफुलाई लक्षण नदेखिएको मेयर शाक्यले बताए । उनीसँगै पीसीआर परीक्षण गराएकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । शाक्य अहिले होम आइसोलेसनमा छन् । उ...
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आज निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत ८४ वर्षीय मुखर्जीको निधन भएको परिवार स्रोतले जनाएको छ । उनका छोरा अभिजितिले ट्वीटरमार्फत पूर्वराष्ट्रपति मुखर्जीको निधनको पुष्टि गरेका छन् । फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बनेको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त...
स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु

स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु

काठमाडौं । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको हो । नेपाल नेशनल अस्पतालका मेडिकल निर...
अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

  काठमाडौं । अवस्था सामान्य हुन्थ्यो भने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो ।  अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन...
पीसीआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह

पीसीआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे । ‘भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, क...
विदेशमा बनेका कोरोना भ्याक्सिनको नेपालमा परीक्षण गर्न छलफल गरिदैं

विदेशमा बनेका कोरोना भ्याक्सिनको नेपालमा परीक्षण गर्न छलफल गरिदैं

काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (...
थप ११ कोरोना संक्रमितकोे मृत्यु

थप ११ कोरोना संक्रमितकोे मृत्यु

काठमाडौं । विगत २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ । भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ भने ३४...
रक्सी खाएर आमाको हत्या, बुबा घाईते

रक्सी खाएर आमाको हत्या, बुबा घाईते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका राजबीर पासवानले आफ्नै आमाको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका ३२ वर्षीय पासवानले ढुंगाले हानेर ५० वर्षीया आमा उर्मिलाको हत्या गरेका हुन् । नसामा रहेका पासवानले आमा–बुबामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगाले टाउकोमा लागेर उर्मिलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । टाउकोमा ढुंगाले लागेर ५५ वर्षीय बुवा ...
error: Content is protected !!