नागढुङ्गामा पुरुष मृत फेला

नागढुङ्गामा पुरुष मृत फेला

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् । सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन÷चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ ...
बैतडीमा  बस दुर्घटना : पाँचजना घाइते

बैतडीमा बस दुर्घटना : पाँचजना घाइते

बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय ...
रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ की एक महिलाको बिहीबार रूखको हाँगाले च्यापिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया सिरमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । धारामा पानी लिनजाने क्रममा कटुसको रूखको हाँगा भाँचिएर च्याप्दा ती महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मोरङको  रंगेली नगरपालिकामा माअाेवादी विजयी

मोरङको रंगेली नगरपालिकामा माअाेवादी विजयी

माेरङ।  माेरङको रंगेली नगरपालिका मेयरमा माअाेवादीका उम्मेदवार  दिलिपकुमार अग्रवालले जित हासिल गरेका छन् । अग्रवालले १८८२ मतान्तरले प्रतिद्वन्द्वी  का‌ंग्रेसका उम्मेदवार  मोदराज घिमिरेलाई  हराएका हुन् । अग्रवालले ८०६८ मत प्राप्त गरेका छन् भने का‌ंग्रेसका उम्मेदवार घिमिरेले ६१८६ मत पाएका छन् । त्यसैगरी, उपमेयरमा पनि माअाेवादी केन्द्रकी केशवकुमारी खरेलले बाजी मारेकी छन् । उनले  ५७२० मत पाएकी छन् ...
गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

इलाम।   इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग ...
सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षका बालक पक्राउ

सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षका बालक पक्राउ

  नुवाकोट । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । एक साताअघि बालिकाको घरमा नै बालकले अनुचित कार्य गरेको अभिभावकले देखेपछि दिएको सूचनाको आधा...
बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

ढाका । बङ्गलादेशको सरकारले विपक्षी दलका कैयाँ कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखेको रहस्योद्घाटन भएको छ । बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको थियो ।  एक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो । उक्त समाचारअनुसार यहाँको सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध...
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्स। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको हाे। अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा पर्छ।
यति छ आज सुनको भाउ

यति छ आज सुनको भाउ

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य थपघट भएको छैन । आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो । सुनजस्तै आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि बजारमा चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो

पाल्पा। रम्भा गाउँपालिका–२ को फोक्सिङकोटमा स्वास्थ्य बीमा गराउनेको आकर्षण बढ्दो छ । केही समय अघिसम्म स्वास्थ्य बीमासम्बन्धी यहाँका बासिन्दाले त्यति चासो दिएका थिएनन् । गाउँकै मीनकुमारी पाँडे मगरले रू‍ ३९ हजार बराबरको औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी धमाधम स्वास्थ्य बीमा गराउन थालेका छन् । फोक्सिङकोटका ७० घरपरिवारका १४५ जनाले अहिले स्वास्थ्य बीमा गराइसकेका स्थानीय एवत सारुले बताए ।...
तुलसीपुर उपमहानगरमा एमाले विजयी

तुलसीपुर उपमहानगरमा एमाले विजयी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। निकटत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका उम्मेदवार घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित भएका हुन्। पाण्डेले निकटत्म प्रतिष्पर्धी कांग्रेसका उम्मेदवारभन्दा ३ हजार ९ सय ५४ अन्तरमा विजयी हासिल गरेका हुन्। उपमेयरमा आचार्यले भने ८ सय ५२ मतान्तरले विजय हासिल गरेका हुन्। पाण्डेल...
जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

लहान। सिरहाको लहान नगरपालिका–६ की एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बुधबार साँझ एक युवक पक्राउ परेका छन् । करिब ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको भगवानपुर गाउँपालिका–२ निवासी २० वर्षीय अरुण यादव पक्राउ परेका हुन् । पीडितको जाहेरीका आधारमा यादवलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाग्लुङमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

बाग्लुङमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर–७ रेश जिरेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । प्रहरी नायब उपरिक्षक अनिल खड्काका अनुसार बिहान ध १ ज १८८ नम्बरको जीप दुर्घटना हुदाँ स्थानीय काठेखोला–७ का ८ बर्षीय बालक दिपक कार्की र सोहि ठाउँका २५ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो । १० यात्रु सवार जीप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको हो । घाईतेको अह...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी

काठमाडौं।  मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीवार बसेको बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । यसैगरी, बैठकले नेपाल सरकार र मित्रराष्ट्...
३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी प्रभाग नागढुंगाले सार्वजनिक बसमा लुकाएर लागुऔषध ल्याउँदै गरेका सर्लाहीको लालबन्दी-७ का १७ वर्षे सोनु कापरलाई पक्राउ गरेकोहो । कापरको सहयोगमा कलंकीबाट थप २ जनालाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । पक्राउ पर्ने लालबन्दी-८ घर भएका २२ वर्षे सविन लामा र लालबन्द...
यूएन पार्क क्षेत्रलाई व्यवस्थित गरिने

यूएन पार्क क्षेत्रलाई व्यवस्थित गरिने

काठमाडौं । सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ (यूएन) पार्क (थापाथलीदेखि टेकुसम्मको बाग्मती किनार) क्षेत्रलाई व्यवस्थित बनाउने भएको छ ।   मन्त्रालयका सचिव, संयुक्त राष्ट्रसङ्घ पार्क विकास समितिका पदाधिकारीको बुधवार सम्पन्न बैठकले पार्कको सम्पूर्ण जग्गालाई व्यवस्थित गर्ने र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकमा सहरी विकासमन्त्री प्रभु शाहको उपस्थिति रहेको थियो । नेपाल सरकारद्वारा तो...
वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? अब उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’

वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? अब उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’

काठमाडौं। श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले उक्त सहायता कक्षको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले  वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग समन्वय गर्ने गरी  कक्षले काम गर्ने जानकारी दिए ।  उनले भने, ‘दिनहुँ वैदेशिक रोज...
मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

काठमाडौं, २२ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने बताएको छ । गत जेठ १५ मा शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भ...
उनान्साठी घन्टापछि धरानको मतगणना सुरु

उनान्साठी घन्टापछि धरानको मतगणना सुरु

इटहरी  । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ । बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।  प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका न...
परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ । कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ । मध्यरात १२ बजे बिजुली सर्ट भइ आगलागी लागेको प्रहरीले जनाएको छ । सदरमुकाम रामग्...
एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

काठमाडौँ । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ । निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेकोे, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ । यस्तै एकतर्फी...
पाकिस्तानको सडक दुर्घटनामा ११ को मृत्यु

पाकिस्तानको सडक दुर्घटनामा ११ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् । पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये केहीलाई छिमेकी जिल्ला मुल्तानको ठूलो ...
माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै

माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै

काठमाडौँ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण हुने आशा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा पलाएको छ । आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत् खरिद÷बिक्री सम्झौतासमेत भइसकेकाले आयोजना बन्ने आशा पलाएको हो । लगानी बोर्डको कार्यालय र परियोजना निर्माता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव ९जिएमआर०ले...
भारू नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

भारू नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

काठमाडाै‌ं । पप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उपप्रधानमन्त्री महराले भने, ‘भ्रमणका क्रममा  दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित ...
तनहुँको कमलबारीमा बस दुर्घटना

तनहुँको कमलबारीमा बस दुर्घटना

दमौली। भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख २४८० नम्बरको बस आज बिहान व्यास नगरपालिका वडा नं १२ कमलबारीमा दुर्घटना भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध भएसंगै उक्त बस बुटवल देखी पोखरा हुँदै काठमाण्डौंका लागि हिडेको थियो । उक्त सडकखण्ड बाट काठमाडौ सम्मको यात्रा लामो हुने भएपनि जाममा बस्न नपरोस् भनेर सो बस पोखरा हुँदै काठमाडौं जान लागेको थियो । बसको अगाडि भाग नालामा खस्दा उक्त दुर्...
कोहलपुर नगरपालिकामा एमालेको जित

कोहलपुर नगरपालिकामा एमालेको जित

बाँके। बाँकेको कोहलपुर नगरपालिकामा एमालेका लुट बहादुर रावल विजयी भएका  छन्। रावलले ९००७ मत पाएका हुन्। उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभत्त भट्टराईले ८०२४ मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी  सञ्जुकमारी थारूले १० हजार ५३ ल्याएर विजयी भइन्। उनकी निकटम् प्रतिश्पर्धी नेकपा एमालेकी कृष्णा चौधरीले ९३७९ मत ल्याइन्। यो सँगै बाँकेका सम्पूर्ण स्थानीय निकायको अन्तिम मत परिणाम आइसके...
सुनको मूल्य वढ्यो

सुनको मूल्य वढ्यो

काठमाडौ। आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य केही बढेपनि चाँदीको मूल्यमा भने तलमाथि भएको छैन । आज पनि चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म छुट्न...
३४ घन्टा बितिसक्दा पनि मतगणनाअझै सुरु हुन् सकेन

३४ घन्टा बितिसक्दा पनि मतगणनाअझै सुरु हुन् सकेन

इटहरी । धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् । धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आ...
गौरादह नगरपालिकामा काँग्रेस विजयी

गौरादह नगरपालिकामा काँग्रेस विजयी

दमक । झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गर्नुभयो । यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित हुनुभएको छ । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं। २, ६ र ९ को वडाध्यक्षमा काँग्रेस तथा वडा नं। १, ३...
उत्तरले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाद्वारा पुष्टि

उत्तरले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाद्वारा पुष्टि

वासिङटन । उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाले पुष्टि गरेको छ । विज्ञहरुले उक्त क्षेप्यास्त्र अलास्कासम्म पुग्न सक्ने अनुमान गरेका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट रेक्स टाइलर्सनले यसलाई अमेरिका र विश्वका लागि ‘खतराको नयाँ संकेत’ भएको बताउँदै वासिङटनले परमाणु हतियारयुक्त उत्तर कोरियालाई कहिल्यै स्वीकार नगर्ने चेनावनी दिए । प्योङयाङले मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्ष...
error: Content is protected !!