धार्मिक तीर्थस्थल देवघाटमा साउने संक्रान्ति मेला सुरु

धार्मिक तीर्थस्थल देवघाटमा साउने संक्रान्ति मेला सुरु

रत्ननगर (चितवन)। नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ। आइतबार साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ। मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन्। अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भ...
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् । फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् । उक्त कलेजले संचालन गरेको सो विशेष कोर्सको नाम हो फेलिङ...
सुनको भाउ बढ्यो, यति छ आज

सुनको भाउ बढ्यो, यति छ आज

काठमाडौं । साउन महिनाको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन ५३ हजार प्रतितोला कारोबार भइरहेको थियो । त्यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
चीनको एक आवासीय भवनमा भएको आगलागीमा २२ को मृत्यु

चीनको एक आवासीय भवनमा भएको आगलागीमा २२ को मृत्यु

म्यानजिङ। चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।  उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर द...
दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

पोखरा । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुज...
डोलेश्वर र आशापुरीमा एकमहिने मेला सुरु

डोलेश्वर र आशापुरीमा एकमहिने मेला सुरु

भक्तपुर।  सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला सुरु भएको छ । आज बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि ‘केदारनाथको शिर’ डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला सुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिनुभयो । आजदेखि सुरु भएको मेला महिना एक महिनासम्म चल्ने छ । समितिका वरिष्ठ उपाध्यक्ष...
‘मिस तनहुँ’ का लागि ८ छनौट

‘मिस तनहुँ’ का लागि ८ छनौट

दमौली । ‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए । अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिए...
फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौँ गुण

फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौँ गुण

एजेन्सी । तपाईँ साग कतिको खानु हुन्छ ? तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको प...
बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

चरिकोट। गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको बताए। त्यसैगरी अन्य छ जना घाइते रहेका छन्। ...
एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

जेद्धा । एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न भएको छ । आगामी सेप्टेम्वरमा हुन गइरहेको एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अगाबै सबै देशमा रहेका संगठित एनसीसी तथा आरसीसीहरू धमाधम अधिवेशन गर्ने क्रममा गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले पनि चौथो अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रेवती रमन पौडेलले हरेक कृयाकलापमा एनआरएनए सरकारको अभिन्न अंग जस...
डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

म्युनिख। बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो । ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् । खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थ...
भक्तपुरमा सवारी दुर्घटना, एकको मृत्यु, एक घाइते

भक्तपुरमा सवारी दुर्घटना, एकको मृत्यु, एक घाइते

भक्तपुर । मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् । इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ । बस र चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त...
विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि !

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि !

काठमाडौँ । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु। १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । एक रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्दा रू ६० हजारसम्म आम्दानी ...
भूकम्पपीडित किसानलाई ६२ लाख राहत

भूकम्पपीडित किसानलाई ६२ लाख राहत

रत्ननगर। भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना गाउँपालिकाबाट उक्त राहत वितरण शुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यक्रमअन्तरगत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुर्नस्थापन कार्यक्रम सञ्चालन गरी राहत ...
शहरी स्वास्थ्य क्लिनिकका लागि जग्गादान

शहरी स्वास्थ्य क्लिनिकका लागि जग्गादान

दमक। झापाको गौरादह नगरपालिका– २ मा निर्माण हुन लागेको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि स्थानीय दुईजना दाताले ४ कठ्ठा जग्गा दिनुभएको छ । गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीका अनुसार स्थानीय भोलानाथ पौडेलले तीन कठ्ठा र दुर्गादेवी अधिकारीले एक कठ्ठा जग्गा दान दिनुभएको हो । दान दिएको जग्गाको मूल्य करिब रु १५ लाखपर्ने बताइएको छ । दाता पौडेलले जनस्वास्थ्य कार्यालयको नाममा जग्गा पास गरिसक...
द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

नुवाकोट ।मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो । ‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्य...
नदीले बगाएर मजदुर बेपत्ता

नदीले बगाएर मजदुर बेपत्ता

दमौली । तनहुँको ब्यास नगरपालिका– १४ स्थित मास्दीघाटबाट शुक्रबार अपरान्ह सेती नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन् । सेती नदीले बगाएर बेपत्ता हुनेमा चितवनको चण्डीभञ्ज्याङ– २ घर भई हाल इच्छाकामना गाउँपालिका बस्ने २५ वर्षीय वीरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । झोलुङ्गे पुल निर्माण गर्ने क्रममा उनी सेती नदीमा डुबेर बेपत्ता भएका हुन् । स्थानीय बासिन्दा र प्रहरीले भुजेलको त...
यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुबै चालकसहित ३१ घाइते

यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुबै चालकसहित ३१ घाइते

मलेखु ।  पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । महोत्तरीबाट काठमाडाै आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किँएर दुर्घटना भएको हो । दुर्घटनामा बस र ट्रक दुबै सवारीका चालकसहित ३१ जना घाइते भएको इलाका प्रह...
ऐतिहासिक सतपतिमाई ओझेलमा

ऐतिहासिक सतपतिमाई ओझेलमा

नवलपरासी। नवलपरासीको सुस्ता गाउँपालिकामा अवस्थित सतपति माइको ऐतिहासिकस्थल ओझेलमा परेको छ । उचित प्रचारप्रसार र सम्बद्र्धनको अभावमा धार्मिक र पर्यटकीय हिसाबमा यो महत्वपूर्णस्थल ओझेलमा परेको हो । सतपति माईको मन्दिरस्थल सबैको मनोकामना पूरा हुने आस्थाको केन्द्रविन्दु बनेको यो स्थल विशेषगरी माछापोखरीका कारण अझ प्रचलित छ । सो गाउँपालिका अन्तर्गत वडा– २ मा पर्ने रुपैलियामा रहेको सतपति माईको धार्मिक...
यसकारण शनिवार र आइतवार राजधानीका केही स्थानमा विद्युत् कटौती हुने

यसकारण शनिवार र आइतवार राजधानीका केही स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो । केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरी...
सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

काठमाडौँ। सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडौं र पोखरा उपत्यकामा वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ। कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वे...
वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत

वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत

विश्वमा पहिलोपटक एउटा यस्तो हातले समाउनु नपर्ने दाँत माझ्ने ब्रस तयार भएको छ जसले केबल १० सेकेण्डमै दाँत सफा गर्नेछ । यो टुथब्रस बनाउने कम्पनीको दाबी छ की यो ब्रसको प्रयोग गरेर तपाइँले दाँत माझ्दा खर्च हुने जिवनको १ सय ८ दिन बराबरको समय बचत गर्न सक्नुहुनेछ । एमाब्रस नामक उक्त टुथब्रसको प्रयोगबाट तपाइँले दाँत घोटिरहने, कुल्ला गर्ने तथा फ्लस गर्ने समस्याबाट छुटकारा पाउनुहुनेछ । प्रयोगकर्ताले मुखम...
मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग

मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग

काठमाडौँ ।  चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशवटा सस्थाले युनिभर्सल मेडिकलल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् । योग्यताक्रम र लब्धाङ्क ९मेरिट०का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको निर्देशनलाई अवज्ञा गरी कलेजले भर्ना कार्य अगाडि बढाएको तथा विद्यार्थीलाई शीर्षक नखुलाई विभिन्न शीर्षकमा शुल्क लिने कागजमा समेत सही गराउने कार्य गरेकाले त्यसको सम...
आँखामा समस्या छ ?,  यसो गर्नुहोस्

आँखामा समस्या छ ?, यसो गर्नुहोस्

डा इन्दुप्रसाद ढुंगेल आँखारोग विशेषज्ञ  धुलोमा नबस्ने । कुकुर, बिरालो नछुने । रुखबिरुवा र फूललाई सीधै नछुने । पालुवा पलाइरहेको रूखमुनि नबस्ने । प्रदूषण नियन्त्रण गर्ने । प्रदूषित वातावरणमा नजाने । बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने । आँखामा पानी जथाभावी नलगाउने । एसिड अल्कालिकजस्ता रसायन पर्‍यो भने मात्र पानी लगाउने । नयाँ पत्रिकाबाट
पर्यटन, ऊर्जा, सडक सञ्जाल विस्तार प्राथमिकतामा

पर्यटन, ऊर्जा, सडक सञ्जाल विस्तार प्राथमिकतामा

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटनको विकास, ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायत विषयलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आव २०७४/७५ का लागि  २८ करोड ६५ लाख रुपैयाँ रकम विनियोजन गरिएको बताए। पूर्वाधार विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष कुँवरले गाउँपालिकामा...
झारफुक गर्न आउने महिलामाथि यौन शोषण गरेको आरोपमा पक्राउ

झारफुक गर्न आउने महिलामाथि यौन शोषण गरेको आरोपमा पक्राउ

म्याग्दी । म्याग्दी स्वास्थ्य संस्थाहरु खुल्नेक्रम बढ्दो क्रममा रहेपनि विरामी पर्दा परम्परागत ढंगले धामीझाँक्रीबाट झारफुक गरि उपचार गर्ने प्रचलन कायमै छ । अदृष्य शक्तिमा आस्था राख्नेहरुले गाउँमा मात्रै होईन शहर बजारमा समेत धामी झाँक्रिबाट झारफुक गराउँछन् । तर विरामी पर्दा झारफुक गर्ने धामी झाँक्रिबाट महिला असुरक्षित हुने गरेको एउटा घटना सार्वजनिक भएको छ । आफ्नो बालबच्चा र स्वयम आफुहरु समेत विर...
साउन १ गतेदेखि नामावली संकलन

साउन १ गतेदेखि नामावली संकलन

हेटौडां । जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ । कार्यालयका अनुसार प्रदेश नं ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक एक नगरपालिका र उपमहानगरपालिका क्षेत्रका बासिन्दाको नयाँ मतदाता नामावली संकलन गरिने भएको छ । साथै साउन १६ देखि २० गतेसम्म तस्बिरसहित नाम, अद्यावधि गरिनाका साथै ...
५२ जना एचआइभी संक्रमित

५२ जना एचआइभी संक्रमित

गौशाला।  आव २०७३÷०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आव ०७३÷७४ को असारसम्ममा एचआइभीबाट संक्रमित व्यक्तिको संख्या ५१ जना पुगेको छ । आव ०७२÷७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र तीन बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए । जिल्ला स्वास्थ्य ...
२३ वर्षअघि सप्तरीमा हत्यापछि फरार काठमाडौंबाट पक्राउ

२३ वर्षअघि सप्तरीमा हत्यापछि फरार काठमाडौंबाट पक्राउ

काठमाडौं।२३ वर्षअघि हत्या गरी फरार रहेका दुई जना प्रतिबादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले काठमाडौं बालाजुबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्वश्वसहित जन्मकैद सजाय सुनाइएका सप्तरी साविक पकरी गाविस–६ हाल महादेवा गाउँपालिका–१ स्थायी वतन भई काठमाडौं धुम्बाराही डेरा गरी बस्ने ४६ वर्षीय सचिन्द्र यादव र सोही ठाउँका ३५ वर्षीय कारी यादव छन् । ...
भन्सार छलिको डेढ किलो सुन रातमाटेमा बरामद

भन्सार छलिको डेढ किलो सुन रातमाटेमा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलिको १ केजी ५१६ ग्राम अवैद्य सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी टोलीले हेटौडाको रातमाटे प्रहरी चौकीमा काठमाडौबाट विरगञ्जतर्फ गइरहेको टाटासुमोमा लुकाएर लगिदै गरेको सुन बरामद गरेको हो । ना १ ज ४०२९ नम्बरको टाटासुमोमा सवार भारत विहारका सुमनकुमारले उक्त सुन काठमाडौबाट विरगञ्ज लगेको प्रहरीले जनाएको छ । सुनसँगै प्रहरी सनुमनकुमारलाई समेत...
जीप दुर्घटनामा एमाले नेतृको निधन, पूर्व सांसद घाइते

जीप दुर्घटनामा एमाले नेतृको निधन, पूर्व सांसद घाइते

काठमाडौं।धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा एमाले नेतृ तथा सलहेश संग्राहलय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको निधन भएको छ । बिहीबार भएको सो दुर्घटनामा परी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामरति रामलगायत व्यक्तिहरू गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी रामरति रामका अतिरिक्त सलहेश संरक्षण सम्वद्र्धन विकास समितिका अध्यक्ष तथा प्रदेश नं. २ संगठन कमिटीका सदस्य मागेन कामत, सिर...
error: Content is protected !!