२५ वर्षसम्म अवरुद्ध रोल्पाको सिरक्याङ भिर सेनाले खोल्यो
रोल्पा ।तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने ।
पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण गरी जनताको समस्या जनताकै मुखबाट सुन्ने क्रममा थवाङबासीले त्यही माग दोहो–याएका थिए तत्कालीन राजासँग ।
पञ्चायती व्यवस्थाको ठाउँमा बहुदलीय व्यवस्था आयो । राजा संवैधानिक भए । जनताद्वारा निर्वाचित प्रत...










