काठमाडौं । रक्ताम्य महिला सडकमा चक्कु बोकेर चिच्याउँदैछिन्, ‘मैले मारिदिँए’ मानिसहरु त्यस्तो दृश्य देखेर छक्क पर्दैछन् । घटना अघिल्लो बिहीबार १९ गते, मध्यदिन, ललितपुर ठेचोको हो । महिलाको हातमा रगत मुछिएको छुरा छ ।

Advertisement

भन्छिन्, ‘मलाई साहुजीले करणी गर्न खोेजे । ठाउँको ठाउँ उनलाई मारेर आएँ ।’ १०–१५ मिनेट कराएपछि सिआरभी भ्यान भेटिन् । त्यसले चौककीमा लगेर बुझायो ।

मुलुकी ऐनको व्यवस्था अनुसार करणी गर्न आएमा महिलाले प्रतिरक्षा गर्न पाउँछन् । त्यसमा सत प्रतिशत छुट हुन्छ, ज्यान मारेको प्रमाणित भए पनि ।

बलात्कार गरेको १ घण्टाभित्र मारेमा बात नलाग्ने त चलनचल्तीको बोली हो । प्रहरी घटनास्थल पुग्दा ओछ्यानमा कोखामै छुरी रोपिएर मरेको मानिस फेला परे । ती हुन, मेघनाथ भुषाल ।

पहिला एयरपोर्टमा काम गर्थे, रोशन श्रेष्ठसँग मिलेर । नख्खु कोरिडोरभित्र पर्ने, एकान्त मनमोहक ठाउँमा बंगुर फार्म खोलेका थिए ।

बेला बेलामा आफैं जान्थे । त्यहाँ कान्छीमाया स्याङतान नामक ४२ वर्षीय महिला काम गर्न बसेकी हुन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!