रुकुम । रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । रासस

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!