चिडियाघरको दुईवटा बाघलाई शनिबार ‘व्रत’ !

चिडियाघरको दुईवटा बाघलाई शनिबार ‘व्रत’ !

काठमाडौं, २९ असार। चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार रा...
सर्वोच्चले अख्तियारलाई सोध्यो – किन पक्राउ परे चुडामणि शर्मा?

सर्वोच्चले अख्तियारलाई सोध्यो – किन पक्राउ परे चुडामणि शर्मा?

काठमाण्डौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा पक्राउ गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई असार ३० गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अख्तियारलाई शर्मा पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न  पनि आदेश दिएको छ। शर्माकी श्रीमती कल्पनाले सर्वोच्च अदालतमा चुडामणी शर्मालाई मुक्त गर्न माग गर्दै बन्दी प्रत्...
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइन्छ – उपप्रधानमन्त्री महरा

आर्थिक कुटनीतिलाई प्राथमिकता दिइन्छ – उपप्रधानमन्त्री महरा

काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन्। परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उनले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिए। दुई ठूला छिमेकीले हासिल गरेको उपलब्धिबाट आर्थिक फाइदा लिनुपर्नेमा जोड दिँदै उनले भने, “हामीले हाम्रो राष्ट्रिय ...
तिनाउ खोलामा शव भेटियो

तिनाउ खोलामा शव भेटियो

पाल्पा। पाल्पाको तिनाउ खोलामा सनाखत हुन नसकेको एक महिलाको शव भेटिएको छ । तिनाउ गाउँपालिका– ५ जोरधाराको नयाँ बजारस्थित खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । तिनाउ खोलाले आइतबार जिपसहित चार यात्रुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार जोरधारमा भेटिएको शव बेपतामध्येकै एक हुनुपर्ने अनुमान गरिएको छ । दुई महिला र दुई पुरुष तिनाउ खोलाको अम्लिहानमा बेपता भएका थिए । मङ्गलबार बिहान जिप भेटिए पनि अझै च...
छाउपडीमुक्त गाविस : भत्काएका छाउगोठमै बस्न थाले फेरि महिला

छाउपडीमुक्त गाविस : भत्काएका छाउगोठमै बस्न थाले फेरि महिला

सुर्खेत । यहाँको साविकको लगाम गाउँविकास समिति २०७१ साल वैशाखमा छाउपडीमुक्त गाविस गरिएको घोषणा अहिले प्रभावहीन भएको छ । छाउपडी प्रथामुक्त भएको तीन वर्ष बितिसक्दा पनि यहाँका महिला छाउगोठमा बस्न छोडेका छैनन् । अभियानका क्रममा गोठ भत्किए पनि सोचाइमा परिर्वतन आउन नसक्दा अहिले महिला कपडाका पाल हालेर पनि छाउपडी बस्न बाध्य छन् । लगाम– २ की तुल्सी सपना विकले छाउपडी प्रथा अन्त्य गर्नका लागि एक दुई दिन र...
पहिरोको डरले रातभर जाग्राम

पहिरोको डरले रातभर जाग्राम

बैतडी। वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य हुनुभएकी मञ्जु दमाईले भन्नुभयो, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसँग अन्यत्र जमिन नभएकाले जोखिम मोलेरै बस्न बाध्य छौ । ” विसं।२०६० असारमा आएको पहिरोले त्यो बेला बाङ्गाबगरका छ घर...
छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

एजेन्सी । शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । य...
आलेख : दुई लाख किलो रक्तचन्दन कुहिँदै

आलेख : दुई लाख किलो रक्तचन्दन कुहिँदै

काठमाडौँ । अवैध रुपमा चीन पठाउन खोजिँदा बरामद भएको दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन काठ समयमै उचित व्यवस्थापन गर्न नसक्दा सड्ने अवस्थामा पुगेको छ । विभिन्न जिल्लाबाट विगत १० वर्षमा बरामद ती रक्तचन्दन शुरुमा आवश्यक कानूनको अभावमा र पछि कानून बने पनि सो कानूनअनुसार सम्बन्धित मुलुक ९भारत० ले फिर्ता लैजान नमानेपछि अलपत्र परेको हो । अन्तर्राष्ट्रिय कानूनअनुसार रक्तचन्दन बिक्रीवितरण गर्न प्रति...
जिपको ठक्करबाट एक महिलाको मृत्यु

जिपको ठक्करबाट एक महिलाको मृत्यु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया मङ्गली कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि सवारी चालकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
बाढीपहिरोले क्षति पुर्‍याएका पाँच जिल्लामा ३५ टन तारजाली वितरण

बाढीपहिरोले क्षति पुर्‍याएका पाँच जिल्लामा ३५ टन तारजाली वितरण

काठमाडौँ। भू–तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पुर्‍याएको पाँच जिल्लामा तारजाली वितरण गरेको छ । विभागले दार्चुला, गोरखा, लमजुङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा तारजाली वितरण गरेको हो । दार्चुला र गोरखामा १०/१० टन, लमजुङमा तीन, मकवानपुरमा सात र काभ्रेपलाञ्चोकमा पाँच टन तारजाली वितरण गरेको विभागका महानिर्देशक विजयराज पौडेलले जानकारी दिए। “वर्षा लागेसँगै धेरै जिल्ला र व्यक्तिबाट तारजाली माग ...
सहकारीलाई १९ लाख अनुदान

सहकारीलाई १९ लाख अनुदान

बनेपा ।कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा ...
व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा परेका  घर्तीको पनि हत्या

व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा परेका घर्तीको पनि हत्या

दाङ । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा पर्नुभएका घोराहीका रणबहादुर घर्तीको पनि हत्या भएको प्रहरीले जनाएको छ । राप्ती अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहकाअनुसार श्रेष्ठको हत्या हुनुभन्दा आधा घण्टा अघि घर्तीको हत्या भएको अभियुक्तहरुले बयान दिएको बताउनुभयो । उनीहरुले रणबहादुरसंग पैसा असुल्ने उद्देश्य नभई आफूहरुसंग विवाद भएपछि वास्तविकता बा...
महोत्तरीको बथनाहावासी भारतीय बाटोको प्रयोग गर्न बाध्य

महोत्तरीको बथनाहावासी भारतीय बाटोको प्रयोग गर्न बाध्य

महोत्तरी। महोत्तरी जिल्लाका साविक बथनाहा गाविसका जनता वर्षौँदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएको बथनाहाका बासिन्दा सरकार र सम्बन्धित निकायको उदासिनताका कारण सदरमुकाम जलेश्वर आउन भारतीय बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी चन्दन दुबेले बताए। बथनाहा गाविस अन्तरगतका बथनाहा, मधवा, सकरी लगायतका हजारौं बासिन्दा सदरमुकाम जलेश्वरमा...
बाबुरामले देउवालाई बुझाए १३ बुँदे ज्ञापनपत्र

बाबुरामले देउवालाई बुझाए १३ बुँदे ज्ञापनपत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन्। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर भट्टराईले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिन सरकारको निर्णय खारेज गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। यस्ता छन् बाबुरामका १३ बुँदा...
बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती

बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती

जाजरकोट । बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्ससमेत जिल्ला अस्पतालमा आउन सकेको छैन् । विगत एक महिनादेखि भत्किएको उक्त बाटोे मर्मत हुन नसक्दा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई करिब चार सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता रहेको छ । उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य का...
राप्रपाद्वारा आक्रमणको निन्दा तथा दुःख व्यक्त

राप्रपाद्वारा आक्रमणको निन्दा तथा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा गत सोमबार भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । धार्मिक भ्रमणमा निस्केका धर्मावलम्बीप्रति भएको आतङ्ककारी आक्रमणको पार्टीले निन्दा गरे...
रौतहटमा रोकिएन स्याल आतंकः टोकाईबाट ६ जना घाइते

रौतहटमा रोकिएन स्याल आतंकः टोकाईबाट ६ जना घाइते

रौतहट । बौलाहा स्यालको टोकाईबाट रौतहटस्थित एकजनाको मृत्युु र दर्जनौ गम्भिर घाइते भएको घटना नसेलाउदै बुधबार फेरी स्यालको टोकाईबाट आधादर्जन मानिस घाईते भएका छन् । रौतहटको कटहरिया गाँउपालिकामा बिहान पाँच बजे सौच गर्न घरबाहिर खेतमा गएका चारमहिला सहित ६ जनालाई बहुुलाहा स्यालले टोकेर घाईते बनाएको हो । स्यालको टोकाइबाट सौच गर्न गएका कटहरियाका ३६ बािर्षया प्रभुु दाश, २८ बािर्षया सविता देखि, सिया...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौ। आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बजारमा आज सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तुलसीपुरमा एक बालकको हत्या

तुलसीपुरमा एक बालकको हत्या

दाङ। दाङको तुलसीपुरमा एक बालकको हत्या भएको इलाका प्रहरीकार्यालय तुलसीपुले जनाएको छ । भारतको विहार घर भई हाल तुसीपुर उपमहानगरपालिका  ६ घोराही रोड स्थित साहीन सिरक डसना पसल गरी बस्ने समीम अन्सारीकोका छोरा ११ बर्षको सहावुद्धिन अन्सारीको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । हत्या गरेको आरोपमा प्रहरीले सोही सिरक डसना पसलमा काम गर्ने भारत...
गाडीभित्रै बेहोस भएका एक यात्रीको मृत्यु

गाडीभित्रै बेहोस भएका एक यात्रीको मृत्यु

चितवन । दक्षिण चितवनको माडीस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोस भएका एक व्यक्तिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका माडी नगरपालिका–९ का स्थानीयवासी दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा सोमबार मृत्यु भएको हो । भट्ट असार २६ गते दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए । माडी नगरपालिका–९ गण...
९ केजी सुन सहित एकजना पक्राउ : प्लाष्टिकको चामल बेच्ने पनि प्रहरी नियन्त्रणमा

९ केजी सुन सहित एकजना पक्राउ : प्लाष्टिकको चामल बेच्ने पनि प्रहरी नियन्त्रणमा

काठमाडौं ।  काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् । मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए । सोनामले उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याएको बताईएको छ । यसैबिच, प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न टंक शेरचनलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार...
मोटरसाईकल दुर्घटनामा मेबुब ओलीको मृत्यु

मोटरसाईकल दुर्घटनामा मेबुब ओलीको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब ओली रहेको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो । हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नि...
अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी

अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी

जुम्ला । सदरमुकाम जुम्ला खलंगामा आज अज्ञात समूहद्वारा दिउँसै मिनीट्रकमा आगजनी गरिएको छ । ना२ख ४६०२ नं को मिनीट्रक्रमा आगजनी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा बिहान ११ः४५ बजे पेट्रोल छर्केर चालक बस्ने क्याबिन जलाइएको थियो । नचिनेका मान्छेले आगो लगाएको थाहा पाएपछि स्थानीयवासीको सहायतामा आगो निभाइएपछि प्रहरी त्यहाँ पुगेको थियो । अहिले प्रहरीले सुरक्षा दिइरहेको प्रहर...
युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

एजेन्सी । अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् । उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आ...
पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ

पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ

कास्की। कास्की प्रहरीले पोखराको लेकसाइडबाट अत्याधुनिक हतियारसहित ८ जनालाई पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका ६ डिहिकोपाटबाट ग २ च २१३३ नम्बरको गाडीमा पेस्तोल र गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा तनहुँको दुलेगौडाका उनीहरूलाई पक्राउ गरेको बैदाम प्रहरीका प्रमुख तथा प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। उनले कतीपय यसभन्दा अगाडि तनहुँमा हतियार खरखजाना मुद...
विस्फोटक सामग्री बोकेको सैनिक विमान आकासमै बिस्फोट, १६ सैनिकको मृत्यु

विस्फोटक सामग्री बोकेको सैनिक विमान आकासमै बिस्फोट, १६ सैनिकको मृत्यु

एजेन्सी। अमेरिकी सैनिक बोकेको विमान मिसिसिपीको दक्षिणी क्षेत्रमा दुर्घटना भएको छ । दुर्घटनामा परि कम्तीमा १६ जनाको मृत्यु भएको छ चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हातहतियार र विस्फोटक सामग्री बोकेको केसी–१३० नामक उक्त विमान १ सय ५० किलोमिटरको दूरी पार गरिसकेपछि आकासमै बिस्फोट भएको थियो । अमेरिकी आपत् व्यवस्थापन विभागका प्रमुखले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ...
उदयपुरमा अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी

उदयपुरमा अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी

उदयपुर। उदयपुरमा सोमबार राति अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी गरेको छ । त्रियुगा नगरपालिका–४ सल्लाघारी, बगाहामा अवस्थित क्रिमशन एकेडेमी प्रा.लि.को को.१ ख ५०४० नम्बरको स्कूल बसमा सोमबार राति अन्दाजी साढे दश बजेको समयमा आग्जनी गरेको हो । स्कुल बस विद्यालयको प्राङ्गनमै रहेको अवस्थामा अज्ञात समूहले राति आग्जनी गरेको थियो । आग्जनीबाट बसको गियर बस्क, स्टेरिङ, बसको फाइबर, बसको सिटको साथै बसको इन्जिन ...
दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न युवती पक्राउ

दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न युवती पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगर पक्राउ परेकी छन् । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहले पुजा पक्राउ परेको पुष्टि गरे । तर प्रहरीले उनलाई अझै सार्वजनिक गरेको छैन । उनका विषयमा थप जानकारी समेत प्रहरीले सार्वजनिक गरेको छैन । जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव असार १६ गते सल्यानको छत्रेश्...
प्रहरी जवानको डुबेर मृत्यु

प्रहरी जवानको डुबेर मृत्यु

पोखरा। सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । पर्वत, कुस्मा नगरपालिका– १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय बलबहादुर कुँवरको खोलामा डुबेर सख्त घाइते भएकामा उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको र उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
बन्दुक सहित एकव्यक्ति पक्राउ

बन्दुक सहित एकव्यक्ति पक्राउ

काठमाडौं । राजधानीको बसुन्धाराबाट एक  व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा परशुराम नगरपालिका, १ डडेल्धुराका सुरेश भण्डारी रहेका छन् । भण्डारीले बन्दुक बोकेर हिँडेको भनि आएको विशेष सुचनाको आधारमा   महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले बसुन्धाराको इसान बाल अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथमा रहेको एक थान कटुव...
आफ्नै जिपले ठक्कर दिँदा एकको मृत्यु

आफ्नै जिपले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौँ। खिचापोखरीस्थित मेट्रो प्लाजामा सवारीसाधनले ठक्कर दिँदा चालक विनोद डङ्गोलको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुर इमाडोलका ३० वर्षीय डङ्गोलको आफ्नै बा ७ च २४१३ नं को जिप पार्किङ गरी निस्कने क्रममा सोही गाडी पछाडि गुडेर उनलाई सोमबार अपराह्न ठक्कर दिएको थियो। डङ्गोलको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
error: Content is protected !!