कञ्चनपुर। बाढी आएको चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरका अन्दाजी ७२ वर्षीय साधुराम खुनाको शव आज बिहान फेला परेको छ । बिहीबार साँझ घरतर्फ जानका लागि नदी तर्ने क्रममा खुना बगेर बेपत्ता भएका थिए ।

खोजतलासमा जुटेको प्रहरी चौकी सिसैयाका प्रहरी हबल्दार दलसिं बोहराको टोलीले आज बिहान ६ बजे बगेको स्थानभन्दा २०० मिटर पर बगरमा खुनालाई मृतावस्थामा फेला पारेको छ ।

Advertisement

उनको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको प्रहरी चौकी सिसैयाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!