संगालोखबर सम्वाददाता

डोटी, २१ साउन । डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन ।

Advertisement

दिपायलदेखि चमरचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप राति करिव ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी डोटीको वोक्ताङ गाउँपालिका–१ बस्ने ३५ बर्षीय बिष्णु बहादुर मगर, ५० बर्षीया बुढो घर्तीमगर, ४५ बर्षीय गोरख थापा, ४५ बर्षीया ललितादेवी पुनमगर र ४८ बर्षीय ससिरान बहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै वोक्ताङ गाउँपालिका–१ कै ३० बर्षीय चन्द्र बहादुर घर्ती मगर, ५५ बर्षीय भीम घर्ती मगर र जीप चालक शिखर नगरपालिका–१ का २८ बर्षीय बिष्णु मेदीको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।

घाइते ७ जनालाई उद्धार गरी सुजङ अस्पताल ल्याईदै गरेको प्रहरीले जनाएको छ । रातिको समय र बर्षा भएकाले घाइतेको उद्धारमा केही ढिलाई भएको छ । जीप सडकबाट करिव ५ सय मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!