अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

काठमाडौं, ६ मंसिर । मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो । पछिल्ला वर्ष कुखुरापालन व्यवसायमा वार्षिक ४० अर्ब रुपैयाँको कारोबार भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । ‘दुई वर्षअघि सरकारको तथ्यांकमा वार्षिक पौने ३४ अर्बको कारोबार हुन्थ्यो,’ मञ्चका पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले भने...
खुशीराम पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

खुशीराम पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

चितवन, ६ मंसिर । जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । माओवादी पार्टी कार्यालयमा बुधबार बिहान आयोजित श्रद्धाञ्जली सभामा ओली र प्रचण्डले कम्युनिष्ट पार्टीको हसिया हथौडा अंकित झण्डा ओढाएका हुन् । कार्यक्रममा सहभागीहरुले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । मणि थ...
वाम गठबन्धनको सभालाई लक्षित गरी नेकपाद्वारा दाङ बन्द

वाम गठबन्धनको सभालाई लक्षित गरी नेकपाद्वारा दाङ बन्द

घोराही, ६ मंसिर । वाम गठबन्धनको चुनावी सभालाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज दाङ जिल्ला बन्द आह्वान गरेको छ । आजै टेलिफोन सेवासमेत बन्द भएपछि दाङबासी थप मर्कामा परेका छन् । बन्दको प्रभाव बिहानैदेखि परेको छ । यातायात, शिक्षण संस्था, उद्योगधन्दा ठप्प छन् । जिल्लाका मुख्य बजारहरु तुलसीपुर, घोराही, लमही र भालुबाङमा पनि बिहानैदेखि बन्दको प्रभाव छ । आफ्ना नेता कार्यकर्ता...
मेलम्चीमै दोस्रो परियोजना निर्माण गर्न कस्सियो सरकार

मेलम्चीमै दोस्रो परियोजना निर्माण गर्न कस्सियो सरकार

काठमाडौं, ६ मंसिर । सरकारी योजनाअनुसार काम भए वैशाख ०७५ सम्ममा मेलम्चीको पानी काठमाडौं आइसक्नेछ । त्यसलगत्तै मेलम्ची खानेपानी आयोजनाले अर्को परियोजना शुरु गर्ने भएको छ । दोस्रो परियोजना सम्पन्न भएपछि काठमाडौंको पानी अभाव लगभग समाप्त हुने दाबी आयोजनाको छ । दोस्रो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा छ । तीन महिनाभित्र डीपीआर तयार हुने आयोजना प्रमुख रामचन्द्र देवको...
हिमाली मतदाताका हैरानी, सिङ्गो गाउँमा १६ भोट !

हिमाली मतदाताका हैरानी, सिङ्गो गाउँमा १६ भोट !

सदरमुकाम फुङलिङबाट लगातार हिँड्दा तीन दिनमा पुगिने ओलाङचुङगोलाको याङमा केन्द्रमा मतदाताभन्दा मतदान गराउनेको संख्या बढी हुन्छ । मतदाता सूचीमा ५७ जनाको नाम छ तर यस केन्द्रमा बढीमा १६ मत खस्ने स्थानीय बताउँछन् । ओलाङचुङगोला घर भएका फक्तालुङ गाउँपालिकाका सूचना अधिकारी (वडा सदस्य) छेतेन वालुङका अनुसार त्यति मत खस्न पनि गोठमा बसेकाहरू सबै बस्तीमा आएर मतदान गर्नुपर्छ । अरू सबै सहरतिर छन् जो चुनावमा गा...
साउदीमा एक रुकुमेलीको मृत्यु

साउदीमा एक रुकुमेलीको मृत्यु

रुकुम, ६ मंसिर ।  रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उहाँ रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्द...
माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

दोलखा, ५ मंसिर । विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि ...
एनआरएन अस्ट्रेलियामा ६ जना मनोनयन

एनआरएन अस्ट्रेलियामा ६ जना मनोनयन

सिड्नी, ५ मंसिर । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको हालै बसेको बैठकले रिक्त पदहरुमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको छ । चार जना रास्ट्रिय समिति सदस्य र दुर्इ जना कार्यसमिति सदस्य गरी जम्मा ६ जनालाई बैठकले मनोनित गरेको हो । प्रबक्तामा दिला खरेल र पब्लिक अफिसरमा भिम खरेललाई नियुक्त गरिएको अध्यक्ष तोनु घोतानेले बताए । त्यस्तै अन्य राष्ट्रिय समिति सदस्हरुमा मुरारी लम्साल, अच्युत अधिकारी,...
रोहिङ्गाविरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

रोहिङ्गाविरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मंसिर । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो । उनीहरु हाल बङ्गलादेशमा शरण लिएर बसेका ...
डडेल्धुराको गाउँपालिकामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुराको गाउँपालिकामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ । कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको ...
नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

काठमाडौं, ५ मंसिर । नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् । पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ । ब्रम्हाण्डमा करिब एक अर्ब ताराप...
पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

एजेन्सी, ५ मंसिर । खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड ताराहरुबीचको स्थान (इन्टरस्टेलर स्पेस) बाट सौर्य परिवार भित्रिएको निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्। अक्टोबर १९ मा हवाइस्थित पान स्टार्स १ टेलिस्कोपले यो पिण्डलाई देखेको थियो। तीव्र गतिमा दौडिरहेको यो पिण्डलाई पहिले वैज्ञानिकहरुले धुमकेतु...
सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि

सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो । लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए । तर,  खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयब...
नाकाहरू तीन दिन बन्द हुने

नाकाहरू तीन दिन बन्द हुने

बैतडी, ५ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो । चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख ...
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

पोखरा, ५ मंसिर । कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । बीमा दर्ता गराएका २५ ह...
विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली, ५ मंसिर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक ...
अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

काठमाडौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ । पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, ...
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका

नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका

  धादिङ, ५ मंसिर । थाक्र्रे गाउँपालिका–८ स्थित काउले आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत उज्ज्वल तामाङलाई नयाँ कक्षाकोठामा पढ्न पाउँदा रमाइलो लागेको छ । “पहिला त पुरानो भवन र बस्ने डेक्स बेन्च पनि पुराना भएकाले स्कुल आउन पनि मन लाग्दैनथ्यो तर अहिले त नयाँ कक्षाकोठा, नयाँ बस्ने ठाउँ भएपछि भने स्कूल आउन मन लाग्छ”, उज्ज्वलले भने । नयाँ भवनमा पढ्न पाउँदा कक्षा ४मा अध्ययनरत पारस लामा पनि...
सर्वोच्च परिसरमा बम राखिएको हल्लापछि तनाब उत्पन्न,न्यायाधीसहरुको भागाभाग

सर्वोच्च परिसरमा बम राखिएको हल्लापछि तनाब उत्पन्न,न्यायाधीसहरुको भागाभाग

  काठमाण्डौ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि तनाव भएको छ । कर्मचारी र न्यायाधीसहरुको भागाभाग भएको छ । सुरक्षा निकायलाई सर्वोच्चमा बम राखिएको सूचना गएपछि सुरक्षा निकायले नै कर्मचारीलाई बाहिर निस्कन भनेको त्यहाँ पुगेका संवाददाताले जनाएका छन् ।
ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु

जितपुर, ५ मंसिर । ट्र्याक्टरले ठक्कर दिँदा  साइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु ३ त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको सोमबार साँझ मृत्यु भएको हो । क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पु¥...
रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

काठमाडौं, ४ मंसिर । काठमाडौंको रत्नपार्कबाट प्रहरीले ५ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ । रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने परिचय भने प्रहरीले खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ ।
दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

युएई, ४ मंसिर । रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो । करीब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करीब तीन महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड गत १७ नोभेम्बर बरदुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सफलतापूर्वक सम्पन्...
सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुखलाई

सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुखलाई

काठमाडौँ, ४ मंसिर । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल बोलाएका छन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल डाकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे छलफल गर्न थालेका हुन् ...
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

काठमाडौँ, ४ मंसिर । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ। गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए। प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल का...
बोलेरो पल्टिदा काभ्रेमा एक पैदलयात्रीको मृत्यु

बोलेरो पल्टिदा काभ्रेमा एक पैदलयात्रीको मृत्यु

काभ्रे, ४ मंसिर । काठमाडौंबाट बनेपा आउँदै गरेको बा १८ च ३११९ नम्बरको महेन्द्र बोलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिदा बनेपा–१० का बाबु विष्टको ज्यान गएको छ । स्थानीयका  अनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिडिरहेका थिए । काठमाडौंबाट बनेपा आउँदै गरेको बोलेरो जीप अनियन्त्रित भई पल्टिएर विष्टलाई किचेको प्रहरीले जनाएको छ । विष्टका आफन्त र स्थानीयवासीले सडकमा टायर बालेर प्र...
गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि जनागालमा तनाव, अरनिको राजमार्ग अबरुद्ध

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि जनागालमा तनाव, अरनिको राजमार्ग अबरुद्ध

काभ्रे, ४ मंसिर । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु भएको उनका अाफन्तले पुष्टि गरेका हुन् । विष्...
उम्मेदवारले नटेरेपछि निर्वाचन कार्यालय आफैँले हटाउन थाल्यो आचारसंहिता विपरीतका सामग्री

उम्मेदवारले नटेरेपछि निर्वाचन कार्यालय आफैँले हटाउन थाल्यो आचारसंहिता विपरीतका सामग्री

कपिलवस्तु, ४ मंसिर । कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वराजदूत दीपकुमार उपाध्यायले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि जिल्ला निर्वाचन कार्यालयलाई टाउको दुखाइ भएको छ। उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशनविपरीत सार्वजनिकस्थलमा ठुल्ठूला होर्डिङ बोर्ड झुन्डयाएको भन्दै उजुरी परेको हो। उम्मेदवार उ...
अन्तर्राष्ट्रिय भैँसी विज्ञ समगोष्ठीले निकाल्यो चार बुँदे निष्कर्ष

अन्तर्राष्ट्रिय भैँसी विज्ञ समगोष्ठीले निकाल्यो चार बुँदे निष्कर्ष

चितवन, ४ मंसिर । भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विश्वका विभिन्न देशका वैज्ञानिक सहभागी भएको ‘अन्तर्राष्ट्रिय भैँसी विज्ञको समगोष्ठी’ ले चार बुँदे निष्कर्ष निकालेको छ। कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चितवनको सौराहामा सम्पन्न समगोष्ठीले चार बुँदे निष्कर्ष निकालेको सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। आयोजक संस्था कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान,...
रुकुममा भरुवा बन्दुकसहित अफिम कारोबारी पक्राउ

रुकुममा भरुवा बन्दुकसहित अफिम कारोबारी पक्राउ

रुकुम, ४ मंसिर । रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक अफिम कारोबारी पक्राउ परेका छन्। लागूऔषध अफिम मुद्दाका फरार प्रतिवादी रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ८ खाबाङखानीका  ४० वर्षीय हिमबहादुर पाण्डे पक्राउ परेका हुन्। आफ्नो घरमा लागूऔषध अफिम लुकाई राखेको छ भन्ने प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाण्डेलाई घरम...
विप्लवको नाममा पुराना माओवादीले नै बम पड्काइरहेका छन् : खाँड

विप्लवको नाममा पुराना माओवादीले नै बम पड्काइरहेका छन् : खाँड

काठमाडौैं, ४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य बालकृष्ण खाँड आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिचालन समिति संयोजक तोकिएका छन्। पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाका विश्वासिलो र भरपर्दो पात्रको रुपमा रहेका खाँड नेपाल विद्यार्थी संघ र तरुण दल जस्ता दुई भातृ संस्थालाई कुशलतापूर्वक नेतृत्व प्रदान गरेका खरो र लडाकु स्वाभावका नेता हुन्। प...
अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

अछाम, ४ मंसिर । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् । घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको उनीहको भनाइ थियो । “महिलाले रातदिन ...
error: Content is protected !!