कम्प्युटर र मोवाइल धेरै चलाउनुहुन्छ, कतै कम्प्युटर भिजन सिन्ड्रोम त भएको छैन ?
काठमाडौं, ८ मंसिर । कार्यालयमा होस् वा घरमा हिजोआज मानिसहरुले धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कम्प्युटर र ल्यापटप नचलाउनेले पनि टिभी हेर्ने र नियमित मोवाइल चलाउने गर्छन्। यी प्रविधियुक्त सामानहरुले मानिसको दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ।
तर यसले मानवस्वास्थ्यमा पनि उत्तिकै हानि पुर्याइरहेको छ। त्यसैले यी सामानहरुको प्रयोग गर्दा ध्यान पुर्याउन नसकेमा आँखा कमजोर हुँदै जान्छ। धेर...
























