मतदान अधिकृत सोमबारदेखि सम्पर्कविहीन

मतदान अधिकृत सोमबारदेखि सम्पर्कविहीन

बाजुरा, १२ मंसिर । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बी...
हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

इटहरी, १२ मंसिर । उडान भर्ने क्रममा अघाडीकाे टायर पम्चर भएपछि हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेपछि बिमानमा उपस्थित चालक सहित ५ जना घाइते भएकाे जिल्ला प्रहरि कार्यालय हुम्लाले जनाएकाे छ । घटना बारे थप बिवरण अाउन बाकी छ ।
२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिस...
यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका बन्द गर्ने बेलाको मुचुल्कामा लेखिएको...
२६ लाख रकमसहित दुई युवा काठमाडौँमा पक्राउ

२६ लाख रकमसहित दुई युवा काठमाडौँमा पक्राउ

काठमाडौँ, ११ मंसिर । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का  शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ । पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका...
बारामा आमाले गरिन् छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

बारामा आमाले गरिन् छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

बारा, ११ मंसिर । बाराको सुवर्णपुर गाउँपालीका ५ प्रशुरामपुरमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते साँझ ६ बजेदेखि बेपत्ता भएकी २ वर्षीय बालिका बबिया खातुनको शव घरबाट २०० मिटर पर पोखरीमा तैरिएको अवस्थामा मंसिर ७ गते भेटिएको थियो । नावालिका खातुनलाई उनकै आमाले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीले छोरीको शव भेटेपछि आमा ...
जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

कोरिया, ११ मंसिर । स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी ¥याम राखिएको छ । ग्यालेक्सी एस नाइनमा ४ जीबी ¥याम हुनेछ भने नाइन प्लसमा ६ जिबी ¥...
कालोसूचीमा नरहेका बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी जान सक्ने

कालोसूचीमा नरहेका बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी जान सक्ने

काठमाडौँ, ११ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइए...
प्रविधिको विकास संगै मोबाइलमा कुरा गर्न अब सिमकार्ड नचाहिने

प्रविधिको विकास संगै मोबाइलमा कुरा गर्न अब सिमकार्ड नचाहिने

एजेन्सी, ११ मंसिर । प्रविधिको विकास संगै अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन। यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन। नत सिग्न...
प्रदेश ४ को चुनावः कम जनसंख्या भएका जिल्लामा बढी मत खस्यो

प्रदेश ४ को चुनावः कम जनसंख्या भएका जिल्लामा बढी मत खस्यो

पोखरा, ११ मंसिर । प्रदेश ४ का ६ जिल्लामा मतदान त सकियो । तर, दोस्रो चरणको चुनावपछि मात्र मतगणना हुने भएकाले उम्मेदवारको बेचैनी कम भएको छैन । मतदान सम्पन्न भएका ६ जिल्लाबाट प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सदस्य चुनिनेछन् । अहिले मतपेटिका संकलनको काम भइरहेको छ । केही मतदानस्थलबाट कडा सुरक्षाबीच मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकिएको छ भने केही आज पुग्दैछन् । दोश्रो चरणको ...
कतै तपाईलाई हर्मोनसम्बन्धी समस्या त छैन? शरीरमा यस्ता देखिन्छन् लक्षण

कतै तपाईलाई हर्मोनसम्बन्धी समस्या त छैन? शरीरमा यस्ता देखिन्छन् लक्षण

काठमाडौं, ११ मंसिर । सामान्यतया शरीरमा इन्सुलिन भन्ने हर्मोनका कारण मधुमेह लाग्ने, थाइरोइड हर्मोनको गडबढीले थाइराइडसम्बन्धी समस्या आउने त धेरैलाई थाह हुन्छ। तर, शरीरमा विभिन्न खालका हर्मोनहरुको गडबढीले जटिल समस्या देखापर्छ भन्ने कुरा धेरैलाई थाह नहुन सक्छ। वेलैमा उपचार गरेमा शरीरमा देखापर्ने हर्मोनजन्य समस्याहरुबाट छुटकारा पाउन सकिन्छ। तर, धेरै मानिसहरु समयमै यस्ता समस्या पत्ता लगाउन नसक्दा ला...
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने :पूर्वसभामुख ढुंगाना

खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने :पूर्वसभामुख ढुंगाना

काठमाडौँ, ११ मंसिर । पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताउनुभयो । चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उहाँले निर...
सिरहामा प्रहरीलाई गोली प्रहार गर्ने धनुषाबाट पक्राउ

सिरहामा प्रहरीलाई गोली प्रहार गर्ने धनुषाबाट पक्राउ

सिरहा, ११ मंसिर । सिराहामा गोली प्रहार गरेर फरार भएका ३ जानालाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनालाई सिरहा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए । प्रहरीले उनिहरको परिचय खुलाएको छैन । सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहले गोली प्रहार गर्द...
राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, ११ मंसिर । मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ । मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो । आयोगले उनलाई २४ घण्...
जान्नुुुहाेस् नेपालका केहि दुर्लभ पैसाहरूकाे बारेमा ( तस्बिर सहित )

जान्नुुुहाेस् नेपालका केहि दुर्लभ पैसाहरूकाे बारेमा ( तस्बिर सहित )

हामी पैसा भन्ने बित्तिकै हजार काे नाेट सम्झन्छाैँ ५०० , १०० काे सम्झन्छाैँ , तर केहि यस्ता पैसा जसकाे बारेमा हामीलाइ थाहा नै छैन । केहि तस्बिरहरू :-
धादिङमा तिब्र गतिको मोटरसाइकल भिरबाट खस्यो, २ जनाको घटनास्थलमा नै मृत्यु

धादिङमा तिब्र गतिको मोटरसाइकल भिरबाट खस्यो, २ जनाको घटनास्थलमा नै मृत्यु

धादिङ, ११ मंसिर । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो । मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

गौशाला, ११ मंसिर । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा ...
सरकारको लापरवाहीः दुई लाख चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा

सरकारको लापरवाहीः दुई लाख चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा

काठमाडौं, ११ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा सरकारको चरम लापरवाही देखिएको छ । विभागमा लाइसेन्सको यतिसम्म अभाव चर्किएको छ कि सेवाग्राहीले ट्रायल दिएको र नवीकरणका लागि आवेदन पेश गरेको १० महिनासम्म हात पार्न मुस्किल पर्छ । विभागसँग अहिले १५ हजार स्मार्ट लाइसेन्स छाप्ने कार्ड मात्र बाँकी छन् । तर, लाइसेन्स लिने प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका सेवाग्रही दुई लाख नाघेका छन् । द...
जाजरकोटमा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट

जाजरकोटमा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट

 जाजरकोट, ११ मंसिर । जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् । मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।
नेपाली बजारमा आज सुनको भाउ

नेपाली बजारमा आज सुनको भाउ

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा सुनको भाउ दैनिक जसो बढ्दै गइरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा १ सय रुपैयाँ बढेको छ । आज छापावाला सुनको मुल्य ५६ हजार १ सय र तेजावी सुन आज ५५ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
निर्वाचन आयोगद्वारा मत सर्वेक्षणमा रोक, आचारसंहितामा के छ ?

निर्वाचन आयोगद्वारा मत सर्वेक्षणमा रोक, आचारसंहितामा के छ ?

काठमाडौं, ११ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । आज निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मङ्सिर २१ गते हुन लागेको सन्दर्भमा निर्व...
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

बेनी, म्याग्दी, ११ मंसिर । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् । विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिलाई सुझावसमेत दिएका ...
मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट

रुकुम, ११ मंसिर । चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो । आइतबार साँझ ९ः५० बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरु ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटि...
पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक

पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक

फलेवास, ११ मंसिर । पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो । गाउँपालिकाले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो । गाउँपालिकाभित्रका सबै वड...
ट्रकको ठक्करबाट तीनको मृत्यु

ट्रकको ठक्करबाट तीनको मृत्यु

कपिलवस्तु, चितवन, ११ मंसिर । ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १६ प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निर...
शान्ति सुरक्षाका लागि पोखरामा सिसी क्यामेरा राखिने

शान्ति सुरक्षाका लागि पोखरामा सिसी क्यामेरा राखिने

पोखरा, ११ मंसिर । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावका...
रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतप...
चिहान खनेर वर्षिक ३५ लाख आम्दानी, प्राप्त भयो ओस्कार अवार्ड

चिहान खनेर वर्षिक ३५ लाख आम्दानी, प्राप्त भयो ओस्कार अवार्ड

एजेन्सी, १० मंसिर । बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो म्भबतज इकअबच । उनको चिहान खन्ने कलाको सम्मानमा उनलाई यो ओस्कार अवार्ड प्रदान गरिएको हो । उनलाई हालैमात...
निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली

निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली

काठमाडौँं, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गरेका छन् । एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध...
बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते पुनः चुनाव हुने

बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते पुनः चुनाव हुने

रुकुम, १० मंसिर । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ । नचिनेका मान्छेको समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिनुभयो । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ । मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्व...
मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृत बर्खास्त

मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृत बर्खास्त

लमजुङ, १० मंसिर । लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत बर्खास्त भएका छन्। हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि मध्यनेपाल नगरपालिका, रामबजारको इशानेश्वरी मावि (ख) का मतदान अधिकृत कुमार न्यौपाने बर्खास्त भएका हुन्। सो केन्द्रको जिम्मा सहायक मतदान अधिकृत सुमन थापामगरलाई दिइएको छ। अधिकृत न्यौपानेले हस्ताक्षर नगरी मतपत्र दिएपछि भएको विवादमा डेढ घन्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो। हस्ताक...
error: Content is protected !!