कुटपिटको घटनाका आरोपी समात्न जाँदा  ७ थान भरुवा बन्दुक बरामद

कुटपिटको घटनाका आरोपी समात्न जाँदा ७ थान भरुवा बन्दुक बरामद

हेटौडा, १३ मंसिर । कुटपिटका घटनाका आरोपीलाई पक्राउ गर्न जाँदा  इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरले ७ थान भरुवा बन्दुक  बरामद गरेको छ । मंगलबार बकैया गाउँपालिका वडा नं ११ गमलटारका  ४४ वर्षीय  सेते घलानले स्थानीय  ठुलीमाया घलानलाई कुटपिट गरेको भन्ने सुचना प्राप्त भएपछि सेते घलानलाई नियन्त्रमा लिने क्रममा उनको घरमा भरुवा बन्दुक समेत रहेको भन्ने जानकारी प्राप्त गरेको थियो । सोको आधारमा  सेते घल...
त्रिशुलीमा खसेको बस २५ फिट गहिराइमा फेला

त्रिशुलीमा खसेको बस २५ फिट गहिराइमा फेला

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन्। सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ। पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्...
विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेपछि एमालेको रोचक जवाफ

विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेपछि एमालेको रोचक जवाफ

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेले आफूहरु निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ । पार्टीलाई भोट माग्दै विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेपछि पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो जवाफ दिएको हो । ‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वक...
एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

गौशाला, १३ मंसिर । नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य...
बम विष्फोटमा मारिएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न काङ्ग्रेसको माग

बम विष्फोटमा मारिएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न काङ्ग्रेसको माग

काठमाडौँ, १३ मंसिर । दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेसको सभालाई लक्षित गरी भएको बम विष्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला हिजो भएको बम विष्फोट भएको थियो । विष्फोटमा परी २...
युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई, १३ मंसिर । बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो । युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै सुपरभाईजरले ...
त्रिशुलीमा बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार

त्रिशुलीमा बगिरहेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार

काठमाडौं, १३ मंसिर । त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ। विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ। तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ। ‘बच्चासहित बगिरहेका व्यक्तिहरूको हामीले डुंग...
अपडेट: त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, २५ जनाको उद्धार

अपडेट: त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, २५ जनाको उद्धार

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ...
आचारसंहिता उल्लंघनको आरोपमा उजुरी

आचारसंहिता उल्लंघनको आरोपमा उजुरी

बुटवल, १३ मंसिर । स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । उहाँले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उहाँको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त...
अपडेट: त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, घाइतेको उद्धार जारी

अपडेट: त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, घाइतेको उद्धार जारी

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्...
उत्तर कोरियाद्वारा ‘अमेरिकासम्मै पुग्ने’ नयाँ क्षेप्यास्त्र परिक्षण

उत्तर कोरियाद्वारा ‘अमेरिकासम्मै पुग्ने’ नयाँ क्षेप्यास्त्र परिक्षण

प्योङयाङ, १३ मंसिर । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको दाबी गरेको छ । सरकारी टेलिभिजनमा प्रशासित समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको बताइएको हो । ह्वासोङ–१५ नाम दिइएको उक्त क्षेप्यास्त्र बुधबार विहान प्रक्षेपण गरिएको थियो । जापानी समुद्रमा खसेपछि उक्त परिक्षणको व्यापक आलोचना गरि...
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो- ५ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो- ५ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ। गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसा...
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, छ घाईते

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, छ घाईते

सुर्खेत, १३ मंसिर । कालिकोटमा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाईते भएका छन । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको लु २ च २००३ नम्बरको जीप कर्णाली राजमार्ग अन्तरगत सुर्खेत नाग्म सडक सडक खण्डको  कालिकोटको अस्पताल मोडमा पल्टिएको हो । मुगुमा डेलिभरी हुन नसेकेका मायालक्ष्मी मल्ललार्इ थप उपचारका लागि सुर्खेत लैजादै गर्दा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु ...
कांग्रेस र वाम गठबन्धनबीच झडप हुँदा ६ घाइते

कांग्रेस र वाम गठबन्धनबीच झडप हुँदा ६ घाइते

कावासोती, १३ मंसिर। नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन्...
बम विष्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु

बम विष्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु

दाङ, १३ मंसिर। दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो । ...
त्रिभुवन विमानस्थलमा अव हेलिकप्टर पार्किङ गर्न नपाइने

त्रिभुवन विमानस्थलमा अव हेलिकप्टर पार्किङ गर्न नपाइने

काठमाडौ, १२ मंसिर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान पार्किङको लागि स्थान अपुग भएपछि नागरिक उड्डयन प्राधिकरणले पार्किङ क्षेत्र विस्तारको योजना अघि सारेको छ । विमानस्थलमा पार्किङस्थलको चरम अभावका कारण ट्राफिक जाम बढ्न थालेपछि प्राधिकरणले थप पार्किङ स्थल निर्माण गर्न लागेको हो । प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछाडिपट्टि रहेको फुटबल ग्राउण्डलाई  विमान पार्किङ बनाउने गरि प्रक...
भक्तपुरमा निर्वाचन आयोगले हटायो आचारसंहित विपरीतका प्रचार सामग्री

भक्तपुरमा निर्वाचन आयोगले हटायो आचारसंहित विपरीतका प्रचार सामग्री

भक्तपुर, १२ मंसिर । निर्वाचन आयोगले भक्तपुरमा दलहरुले आचारसंहिता विपरीत निर्वाचन प्रचार सामग्री राखेको पाइएको छ। मंगलबार निर्वाचन प्रचार प्रसारको अनुगमनका क्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले भक्तपुर नगरभित्र आचारसंहिताको व्यापक उलंघन भएको पाइएको बताउँदै त्यस्ता क्रियाकलापले निर्वाचन स्वच्छ नहुने बताए। 'भक्तपुर नगरमा निक्कै धेरै मात्रामा प्रचार साम्रागीहरु टाँगिएको र प्रदर्शन गरिएको पाइयो', ...
विष्फोटक सामग्री सहित एक पक्राउ

विष्फोटक सामग्री सहित एक पक्राउ

सर्लाही, १२ मंसिर । सर्लाही प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाकै बागमती नगरपालिका–९ सुकेखोलाबाट सोही नगरपालिकाको वडा नं. ११ निवासी ५३ वर्षीय मानबहादुर वाईबा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनायो। जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिपुरको विशेष संयुक्त टोलीले वाईबालाई नियन्त्रणमा लिएको बताईएको छ। वाईबाक...
ओलीले सम्बोधन शुरु गर्ना साथ लगनखेलमा बम विस्फोट

ओलीले सम्बोधन शुरु गर्ना साथ लगनखेलमा बम विस्फोट

ललितपुर, १२ मंसिर । लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ । सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो । गलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो । घटनामा मानवीय क्षति भने भ...
आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

रत्ननगर, १२ मंसिर । चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्न...
राेल्पा पुर्‍याइएको रुकुमको मतपेटिका फिर्ता

राेल्पा पुर्‍याइएको रुकुमको मतपेटिका फिर्ता

रुकुम, १२ मंसिर । रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्‍याइएको मतपेटिका आज रुकुमको रुकुमकोट लगिएको छ । मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो, तर अँध्याराे भएर अवतरण गर्न समस्या हुने भएकाले लिवाङ पुर्‍याइएको थियाे। आज बिहान रोल्पाको उवाको २ मतदानस्थलको मतपेटिका ब...
गोरखामा मतपेटिका राखेको कोठामा तीन ओटा ताल्चा, बाहिर काँडेतार

गोरखामा मतपेटिका राखेको कोठामा तीन ओटा ताल्चा, बाहिर काँडेतार

गोरखा, १२ मंसिर । बन्दुक बोकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २४ सै घण्टा सुरक्षा दिनेगरी मंसिर २१ गतेसम्म गोरखाको मतपेटिका सुरक्षित राखिने भएको छ। मतपेटिका भण्डारण गरेको कोठामा तीन वटा ताल्चा लगाइएको छ भने बाहिर काँडे तारको बार लगाइएको छ। स्थानीय प्रशासन, दलहरु र निर्वाचन अधिकृतको कार्यालयले एउटै ढोकामा छट्टाछुट्टै तीन वटा ताल्चा लगाएका छन्। एकआपसमा ताल्चालाई लाहाछाप लगाइएको छ भ...
यस्तो आजको विनिमय दर

यस्तो आजको विनिमय दर

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८६ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ५७ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ९१ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ५१ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६५ पैसा र विक्रिदर ७९ रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको ...
बलात्कार आरोपी लामाको गुम्बा अवैध

बलात्कार आरोपी लामाको गुम्बा अवैध

काठमाडौं, १२ मंसिर । तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा पक्राउ परेका टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ । १० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा उनले पेमा टासी छुल्ठिम घोम्बो कासुगं नाम राखेर गुम्बा चलाउँदै आएका थिए । बालत्कार आरोपमा पक्राउ परेपछि प्रहरीले गुम्बाको नियमन गर्ने सरकारी निकाय गुम्बा व्यवस्थापन समितिमा ब...
नेपाली बजारमा सुनको भाउ यति छ आज

नेपाली बजारमा सुनको भाउ यति छ आज

काठमाडौं, १२ मंसिर । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५६ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यस्तै  तेजावी सुन तोलाको ५५ हजार ८ सय रहेको छ । चादी आज ७६० मा कारोबार भईरहेको छ ।
‘जैविक घडी’लाई दुरुस्त राख्ने आठ तरिका

‘जैविक घडी’लाई दुरुस्त राख्ने आठ तरिका

के बिहान दश पटक अलार्म बजेपछि मात्रै तपाईंका आँखा खुल्छन्? वा एक कप कडा कफी पिएपछि मात्रै ओच्छ्यानबाट निस्किने जाँगर जुटाउन सक्नुहुन्छ? यदि त्यसो हो भने तपाईंको जैविक घडी (बडी क्लक अर्थात् सर्काडियन रिदम) गडबड भएको हुनसक्छ। सर्काडियन रिदम यस्तो घडी हो, जसले हाम्रो शरीरको निदाउने, ब्युँझिने तथा शरीरको तापक्रम, तरल पदार्थको सन्तुलन र भोकजस्ता २४ घण्टाको जैविक क्रियाकलापको नियन्त्रण गर्दछ। ...
झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो

झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो

म्याग्दी, १२ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीलाई जोड्न कालीगण्डकी नदिमा झोलुङ्गे पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ। म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको स्थानीय तिलक थापाले बताए। पुल नबन्दा रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउर...
हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना (अपडेट)

हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना (अपडेट)

हुम्ला, १२ मंसिर । हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ । 'हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दु...
महायज्ञमा बाह्र लाखभन्दा बढी रकम संकलन

महायज्ञमा बाह्र लाखभन्दा बढी रकम संकलन

कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा असिग्राम माध्यमिक विद्यालयको बृहत्तर विकासका लागि सञ्चालन गरिएको महायज्ञमा रु १२ लाख ४४ हजार ४७९ रकम संकलन भएको छ । मंसिर ३ गतेदेखि १० गतेसम्म सञ्चालन भएको महायज्ञबाट सो रकम संकलन भएको हो । एक सातासम्म सञ्चालन भएको महायज्ञमा कलशबाट रु तीन लाख ३४ हजार ४००, विभिन्न संघसंस्था र व्यक्तिबाट रु छ लाख ४९ हजार ७२०, तुलादानबाट रु २४ हजार ...
उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार

उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार

फलेवास, पर्वत, १२ मंसिर । यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो । नजिकमा पानीको भरपर्दो स्रोत नहुँदा वर्षौंदेखि स्थानीयवासीले खानेपानीमा समस्या खेप्दै आएका छन् । लोप्रेका ६६ घरधुरी खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । वर्षायाममा गाउँ वरिपरि मूल उठ्ने भएकाले समस्या नभए प...
अव्यवस्थित बस्तीका सुकुम्बासी भन्छन् – रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट

अव्यवस्थित बस्तीका सुकुम्बासी भन्छन् – रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट

बुटवल, १२ मंसिर । अव्यवस्थित बसोबासीले आफूहरुलाई रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् । बुटवलको सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बस्ती बसोबास गर्ने वडा नं ११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपूर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अबको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । उक्त वडामा सोमबार स...
error: Content is protected !!