प्रदेशसभा सहजीकरणका लागि संसद् सचिवालयका कर्मचारी काजमा
काठमाडौँ, ९ माघ। संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ ।
प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद् सचिवालयले सात वटा प्रदेशसभाका लागि एक सहसचिवसहित चारजनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । ती कर्मचारी आउँदो ...




























