रासस

काठमाडौँ, १० माघ। नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रुपमा रहेको न्युयोर्क महानगरका पर्यटन उद्यमी व्यवसायीले नेपालको पर्यटन, प्रवद्र्धनमा सघाउनुपर्ने बताउनुभयो ।

Advertisement

नेपाली वाणिज्य दूतावासका अनुसार पर्यटन–प्रवद्र्धनसम्बन्धी नेपाली तथा अमेरिकी व्यवसायीले नेपालमा साहसिक पर्यटन, धार्मिक पर्यटनका अतिरिक्त नेपाली खानालाई समेत पर्यटनको आकर्षणका रुपमा समेत प्रस्तुत गर्न सकिने बताएका थिए ।

उनीहरुले अमेरिकाका सञ्चारमाध्यममा प्रचार–प्रसार गर्न सके नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न सक्ने बताएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!