ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

जितपुर, कपिलवस्तु, ४ माघ। ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका शिवपुर–१ माँझगाउँ बस्ने २६ वर्षीय खुमन सिंह पुनको मृत्यु भएको हो । ट्र्याक्टरको ठक्करबाट...
मापदण्ड विचार नगरी अस्थायी मुकाम र प्रमुख ताेकिए

मापदण्ड विचार नगरी अस्थायी मुकाम र प्रमुख ताेकिए

  काठमाडौं, ४ माघ । सरकारले आफैंले बनाएको मापदण्डविपरीत राजनीतिक दलमा प्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिलाई प्रदेश प्रमुख बनाएको छ । प्रदेश प्रमुख नियुक्ति हेर्दा सरकारले प्रदेश प्रमुखको योग्यता सम्बन्धमा बनाएको प्रदेश प्रमुखसम्बन्धी ऐन, २०७४ विपरीत प्रदेश प्रमुख नियुक्ति गरेको पाइएको छ । ऐनमा प्रदेश प्रमुखमा नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्तिलाई प्रदेश प्रमुख ...
राष्ट्रिय सभा निर्वाचन: गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने

राष्ट्रिय सभा निर्वाचन: गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने

काठमाडौँ, ४ माघ । वाम गठबन्धनले राष्ट्रिय सभा चुनावमा ४३ सिट जित्ने आकलन गर्दै त्यति नै सिटमा मात्र उम्मेदवारी दिने भएको छ । राष्ट्रिय सभाका ५९ मध्ये ५६ सांसद निर्वाचनबाट चुनिन्छन् । तर गठबन्धनले ४३ सिटमा मात्र उम्मेदवारी दिन लागेको हो । त्यसमा एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने सहमति भएको छ ।   राष्ट्रिय सभाका उम्मेदवारलगायतका विषयमा गृहकार्य गर्न गठित गठबन्धनको कार्य...
चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

काठमाडौं, ४ माघ। चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ। पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्...
म्यानमारका रोहिंग्या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै

म्यानमारका रोहिंग्या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै

नेपित, ३ माघ। म्यानमारका रोहिंग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । मङ्गलबार म्यानमारमा भएको दुवै देशका विदेशमन्त्रीको बैठकमा सो सहमति भएको थियो । नेपितमा भएको सहमति बमोजिम यी दुवै देश आगामी जनवरी २३ देखि शरणार्थीलाई स्वदेश फर्काउने बारेमा ...
राखिनमा बौद्धमार्गीहरुको ¥यालीमा गोली प्रहार, सातको मृत्यु

राखिनमा बौद्धमार्गीहरुको ¥यालीमा गोली प्रहार, सातको मृत्यु

याङ्गुन, ३ माघ। म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको ¥यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ । एकजना प्रहरी अधिकारीले भनेका छन्– उक्त ¥यालीमा जम्मा...
प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयप्रति माओवादी केन्द्रका नेता महराको ध्यानाकर्षण

प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयप्रति माओवादी केन्द्रका नेता महराको ध्यानाकर्षण

काठमाडौँ, ३ माघ। सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विव...
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको निर्णयमा वाम गठबन्धनको ‘मौन समर्थन’

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको निर्णयमा वाम गठबन्धनको ‘मौन समर्थन’

  काठमाडौं, ३ माघ। वाम गठबन्धनले सरकारले प्रदेश प्रमुख  र अस्थायी मुकाम तोक्ने निर्णयको  ‘मौन समर्थन’ गरेको छ । गठबन्धनले सरकारको  निर्णयपछि राष्ट्रियसभा निर्वाचनको प्रक्रिया अघि बढ्ने समेत प्रतिक्रिया  दिएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारको निर्णयले  राष्ट्रियसभा निर्वाचनमा  देखिएको अन्योलता हटेको  भन्दै अब सहज ढंगले निर्वाचन प्रक्रिया सहज ढंगले अघि बढ्ने प्रतिक...
राष्ट्रियसभाका ४३ सिटमा एमाले माओवादी भागवण्डा

राष्ट्रियसभाका ४३ सिटमा एमाले माओवादी भागवण्डा

काठमाडौ, ३ माघ। एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको छन् । एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाम गठबन्धनको ६ सदस्यीय कार्यदलले यस्तो सहमति गरेको हो । कार्यदलको आज बसेको बैठकपछि ने...
प्रदेश प्रमुख गोविन्द सुब्बा : मेयरमा पराजित, पूर्वकम्युनिष्ट

प्रदेश प्रमुख गोविन्द सुब्बा : मेयरमा पराजित, पूर्वकम्युनिष्ट

धरान, ३ माघ। प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्ति पाएका डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नेपाली कांग्रेसका कार्यकर्ता हुन् । तर बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियुका कार्यकर्ता थिए । बहुदल आइसकेपछि मात्रै सुब्बा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । डा. सुब्बा हाल नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का प्राध्यापक हुन् । धनकुटाको बञ्चरेमा जन्मेर धरानलाई कर्मथल...
सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा

काठमाडौं, ३ माघ। सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ म...
सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर

सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर

काठमाडौं, ३ माघ। सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

भक्तपुर, ३ माघ। मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो । केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको...
राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

काठमाडौँ, ३ माघ। प्रदेश नम्बर ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबार देखि डोटीमा पुनः बन्द आह्वान गरिएको छ । यस अघि पनि प्रदेश राजधानी माग गर्दै एक हप्ता लामो आम हड्ताल भइसकेको छ । सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका सबैले आ–आफ्नो नागरिकता सोही कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने निर्णय...
देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

काठमाडौँ, ३ माघ। देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । मिडिया इन्टर्नलद्वारा आज यहाँ आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिनुभयो । बीमा समितिका निर्देशक राजुरमण पौडेलले म...
सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

सल्यान, ३ माघ। यस वर्ष जिल्लामा रु ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन...
विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

बेँसीशहर, लमजुङ, ३ माघ। जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार...
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

सल्यान, ३ माघ। सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इल...
प्रदेशकाे अस्थायी मुकामबारे मन्त्रिपरिषद बैठकमा विवाद

प्रदेशकाे अस्थायी मुकामबारे मन्त्रिपरिषद बैठकमा विवाद

काठमाडौं, ३ माघ। प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए । एक मन्त्रीले भने, ‘सबैले आफ्नो अनुकुल अस्थायी मुकाम ...
अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

वासिङ्टन, ३ माघ। संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो । अमेरिकाको यस्तो कदमले सङ्कटमा रहेका भनिएका लाखौँ मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जानकारी दिएका छन् । अमेरिकाले प्याले...
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार

प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार

  रत्ननगर, चितवन, ३ माघ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ । उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितव...
हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान, ३ माघ। पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ । अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान आतङ्ककारी लुक...
आजै दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

आजै दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ, ३ माघ। प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन । बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्...
कला, संस्कृति जोगाउने प्रतियोगितामा महिलाको आकर्षण

कला, संस्कृति जोगाउने प्रतियोगितामा महिलाको आकर्षण

टोकियो, जापान, ३ माघ। नेपाली कला संस्कृतिको जगेर्ना र बौद्धिक तथा अन्तरनिहित क्षमताको विकास गराउने उद्देश्यले जापानमा हुने मिस एण्ड मिसेस नेपाल–२०१८ मा महिलाको आकर्षण बढेको छ । सौन्दर्य, व्यक्तित्व तथा आन्तरिक क्षमताको विकासका र नेपाली कला संस्कृतिको प्रचारप्रसार भन्दै व्यावसायिक रुपमा पहिलो पटक आयोजना गरिएकाले प्रतिस्पर्धी महिलाको आकर्षण बढेको हो । आयोजक सिन्जोउ कर्पोरेशनका प्रबन्ध निर्दे...
मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि

मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि

बैतडी, ३ माघ। शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०७४ हुने भएको छ । प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट...
सहयोग मागेरै मनकामना मन्दिर जीर्णोद्धार, सुन पनि मागियो

सहयोग मागेरै मनकामना मन्दिर जीर्णोद्धार, सुन पनि मागियो

गोरखा, ३ माघ। प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट रु छ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि सुन मागेको छ । मन्दिर पुनःनिर्माण गर्न बजेट अभाव भएपछि समितिले केही वर्षअघिदेखि निरन्तर स्वेच्छिक रुपमा भक्तजनबाट आर्थिक सहयोग लिँदै आइरहेको छ । “मन्दिरको छानामा जलप लगाउन सुन अ...
छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

उर्लाबारी, मोरङ, ३ माघ । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेली...
तीनसय परिवारलाई न्यानो कपडा वितरण

तीनसय परिवारलाई न्यानो कपडा वितरण

काठमाडौँ, ३ माघ। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोह...
सीमा स्तम्भ गाडदा नेपाली भूभाग भारतमा

सीमा स्तम्भ गाडदा नेपाली भूभाग भारतमा

काठमाडौं, ३ माघ । कान्तिपुर दैनिकले सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पारिएको विषयलाई पहिलो प्राथमिकता दिएर छापेको छ । नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ- उक्त जग्गाको नेपाली लालपुर्...
हात्ती महोत्सवमा तीन लाख नाफा

हात्ती महोत्सवमा तीन लाख नाफा

रत्ननगर, चितवन, ३ माघ। चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ । चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्...
ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ३ माघ। यहाँ ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । तुलसीपुर–सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा मंगलबार रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका १८ घाइतेमध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोे इलाका प्रह...
error: Content is protected !!