संगालोखबर संवाददाता

गुल्मी,९ माघ । गुल्मीमा साइबर अपराध र सूचनाको हक बारे विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । निजामती कर्मचारी श्रीमती संघ केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा मंगलबार जिल्लाको सदरमुकाम तम्घासमा कार्यक्रम गरिएको हो ।

Advertisement

साइबर अपराधले समाजमा हुने समस्याहरु र सूचनाको हक के हो, सूचनाको हक कसरी प्रयोग गर्ने, भन्ने बारे कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा सदरमुकाम तम्घासका महेन्द्र, सिद्धबाबा, रेसुङ्गा र उपल्लो तम्घास माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । साइबर अपराध र सूचनाको हकबारे प्रहरी निरीक्षक भोजराज पाण्डेयले प्रशिक्षण दिएका थिए । उनले साबइर अपराधले ठूलाठूला जघन्य रापराधहरु हुने गरेकाले यसको प्रयोग गर्दा बिशेष ध्यानु पर्ने बताए ।

हाल समाजमा बिद्युतीय माध्यमबाट सञ्चालित सामाजिक सञ्जालबाट बिभिन्न खाले घटनाहरु हुने गरेकाले यसको प्रयोगमा विद्यार्थीहरु पनि चनाखो हुनुपर्ने बताए ।

विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै प्रहरी निरीक्ष पाण्डेले भने साइबर अपराधबाट गरिएको दण्ड सजायको समेत कानूनमा व्यवस्था रहेकाले यसको प्रयोग सही सदुपयोग हुनुपर्ने जोड दिए ।

विद्यार्थीहरु समाजका ऐना भएकाले यसबारे समाजमा जनचेतना जगाउनु उनले आग्रह गरे ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारी, गुल्मीमा प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, उपल्लो तम्घास माबिका प्रधानाध्यापक राममणी पन्थी, निजामती कर्मचारी श्रीमती संघकी केन्द्रीय अध्यक्ष चन्द्रकला रेग्मी लगायतले बढ्दो साइबर अपराध रोक्न विद्यार्थीहरु नै सुसूचित हुनुपर्ने जोड दिएका थिए ।

उनीहरुले सामाजिक सञ्जालबाट साइबर अपराधजन्य प्रयोगमा बिशेष ध्यान दिन आग्रह गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement