काठमाडौं, १० माघ। जनता पोस्ट दैनिकले आज सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको समाचार लेखेको छ ।

Advertisement

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्वन्द्वरत पक्षको प्रमुखको हैसियतले प्रचण्ड र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो ।

शान्ति सम्झौताको आठ वर्षपछि गठित दुवै आयोगको पटकपटक म्याद थपिँदा पनि अनुभूति हुनेगरी कुनै काम नभएको पीडितहरुबाट गुनासो आइरहँदा उजुरी परेका जो कोहीसँगको बयान लिने काम तीव्र पार्ने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!