जोहानेसवर्ग, दक्षिण अफ्रिका, ९ माघ।  दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो ।

Advertisement

लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

अफ्रिकी पहिचानको पृथक ‘ज्याज धुन’का लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरूबाट मासकेलाले विश्वव्यापी ख्याति कमाउनु भएको थियो । उहाँको सन् १९७७ मा सार्वजनिक ‘सोएटो ब्लुज’ बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो ।

मासकेलालाई दक्षिण अफ्रिकाको ज्याज संगीतका पिता मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!