आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२: भोली नेपाल र नामिबिया भिड्ने

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२: भोली नेपाल र नामिबिया भिड्ने

काठमाडौं, माघ २४ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत भोली नेपालले पहिलो खेल नामिबियासँग हुने भएको छ । दिउसो १ बजे देखि शुरु हुने खेलका लागि नेपालको सबै तयारी पुरा भएको छ । नेपालले विश्वकप छनौटका लागि डिभिजन–२ को शीर्ष दुई स्थानमा रहन अनिवार्य छ । आयोजक नामिबिया पनि बलियो टिमका रुपमा रहेको छ । नेपाल पहिलो खेल जितेर सुखद शुरुआत गर्ने तयारीमा छ । डिभिजन-२ का लागि नेपालले यूएईमा तयारी गरे...
प्रधानमन्त्री देउवाको राजिनामा फागुन दोस्रो हप्ताभित्रै

प्रधानमन्त्री देउवाको राजिनामा फागुन दोस्रो हप्ताभित्रै

विराटनगर,२४ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।संवैधानिका प्रक्रियाका कारण केही ढिलाइ भए पनि राष्ट्रियसभा चुनाव सकिएकाले अब छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएका हुन् । प्रेस युनियन मोरङले वुधबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘जनताले दिएको म्याण्डेट अनुसार कांग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षम...
चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

एटलान्टा, २४ माघ । अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र अन्तरराष्ट्रियस्तरमा चम्किरहेको चीनको छविलाई जोगाउने चीन सरकारको नीति रहेको बताउनुभएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...
राष्ट्रियसभा निर्वाचन: निर्वाचन शान्तिपूर्णरुपमा उत्साहका साथ सम्पन्न 

राष्ट्रियसभा निर्वाचन: निर्वाचन शान्तिपूर्णरुपमा उत्साहका साथ सम्पन्न 

काठमाडौँ, २४ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् । निर्वाचन आयोगले हरेक जिल्ला निर्वाचन कार्यालयमार्फत मतदातालाई निर्वाचन प्रणलीका बारेमा प्रशिक्षण गरेकाले मतदान प्रक्रियामा सहज भएको मतदाताको भनाइ छ । सिन्धुपलाञ्चोकको सुनकोशी गाउँपालिकाका उपप्रमुख लक...
वन्यजन्तुको स्वास्थ्यसम्बन्धी नौबुँदे सौराहा घोषणापत्र जारी

वन्यजन्तुको स्वास्थ्यसम्बन्धी नौबुँदे सौराहा घोषणापत्र जारी

रत्ननगर, चितवन, २४ माघ ।  बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्राष्ट्रिय वि...
पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, २४ माघ ।  पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ । आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक र...
तलब नपाएपछि शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

तलब नपाएपछि शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

भीमदत्तनगर, २४ माघ । दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् । आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् । शिक्षकको तालाबन्दीका कारण वि...
युनियनद्वारा पत्रकार ढकालमाथि भएको आक्रमणको निन्दा

युनियनद्वारा पत्रकार ढकालमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ, २४ माघ । पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । ‘नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलबार प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ’–युनियनद्वारा जारी विज...
प्रदेश नं ३ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान, ५ तस्बिरमा हेर्नुहोस्

प्रदेश नं ३ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान, ५ तस्बिरमा हेर्नुहोस्

ललितपुर, २४ माघ । प्रदेश नं ३ मा राष्ट्रिय सभा सदस्यका लागि ललितपुर महानगरपालिका–४ को कार्यालयमा मतदान भएको मतदान सकिएको छ। प्रदेश ३ मा आठजनाकै निर्वाचन भएको छ । तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धामा छन् । कांग्रेसबाट धनाकुमारी खतिवडा, एमालेबाट उदया शर्मा(पौडेल) र दिलाकुमारी रावल थापा (पार्वती) तथा नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्ले उम्मेदवार छन् । अन्यतर्फबाट निर्वाचित हुने तीनजनाम...
विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

काठमाडौँ, २४ माघ ।  विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् । सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढ...
प्रमको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति गठन

प्रमको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति गठन

काठमाडौँ, २४ माघ । प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्याय...
प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान

प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान

पोखरा, २४ माघ ।  राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ । ...
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान (फोटो फिचर सहित)

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान (फोटो फिचर सहित)

काठमाडाैं, २४ माघ । राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो । सदस्य चयनका लागि ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश २ बाट भने सबै निर्विरोध निर्वाचित भएकाले मतदान नै गर्नु परेन । प्रदेश १, ३, ४, ५, ६ र ७ का ६ ठाउँमा मतदान भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखका साथै प्रदेशसभा सदस्य...
ताइवानमा ६.४ रेक्टरको भूकम्प, २ जनाको मृत्यु

ताइवानमा ६.४ रेक्टरको भूकम्प, २ जनाको मृत्यु

ताइवान,२४ माघ । ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ । भूकम्पका कारण ताइवानको हुआलिन शहर क्षेत्र प्रभावित भएको छ । विगत दुई वर्ष अगाडीको यही दिन अर्थाात् फेब्रुअरी ६ तारिखका दिन ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
हिन्दीमा सम्बोधन गरेको विरोधमा सांसदहरूको पुत्ला दहन

हिन्दीमा सम्बोधन गरेको विरोधमा सांसदहरूको पुत्ला दहन

महेन्द्रनगर, धनुषा, २४ माघ ।  प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् । मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदे...
राष्ट्रिय गौरवको आयोजना चमेलियाको औपचारिक उद्घाटन माघ २७ गते

राष्ट्रिय गौरवको आयोजना चमेलियाको औपचारिक उद्घाटन माघ २७ गते

दार्चुला, २४ माघ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले औपचारिक रुपमा उद्घाटन...
सीमा नाकाबाट एक चेलीको उद्धार

सीमा नाकाबाट एक चेलीको उद्धार

जितपुर, कपिलवस्तु, २४ माघ ।  सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो । यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माका...
राष्ट्रियसभा सदस्यकाे लागि मतदान शुरू

राष्ट्रियसभा सदस्यकाे लागि मतदान शुरू

काठमाडौँ, २४ माघ । राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो। २ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेकाे कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो। संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । ५६ पद...
एउटै काउली साढे चौध किलोको

एउटै काउली साढे चौध किलोको

बाबियाचौर, म्याग्दी, २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताउनुभयो । कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहा...
राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मतदान हुँदै

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मतदान हुँदै

काठमाडौँ, २४ माघ ।  संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १२ मतद...
सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर: राष्ट्रसंघ महासचिव

सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर: राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २३ माघ ।  संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लोस्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको छ । उहाँले देशको सर्वोच्च अदालतबाट स...
सन्तपुरका ४७ माझी परिवालाई सुन्दर घर

सन्तपुरका ४७ माझी परिवालाई सुन्दर घर

रौतहट, २३ माघ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा आजदेखि ४८ माझी परिवारले बास पाएका छन् । चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेर बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेपछि आजदेखि माझी परिवारले ती घरमा बस्न...
बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी, २३ माघ । तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ । विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब...
आस्वा र सिआस्वा फरक प्रणाली हुन, भ्रममा नपरौँः धितोपत्र बोर्ड

आस्वा र सिआस्वा फरक प्रणाली हुन, भ्रममा नपरौँः धितोपत्र बोर्ड

काठमाडौँ, २३ माघ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ । बोर्डले आज एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ)ले सि–आस्वा प्रणाली आगामी फागुन ११ गतेदेखि लागू गर्ने तयारी गरिरहेको सन्दर्भम...
अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,२३ माघ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको छ । राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएक...
औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो: नेता प्रभाकर

औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो: नेता प्रभाकर

सुर्खेत, २३ माघ ।  नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताउनुभयो । प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घ...
राष्ट्रियसभा निर्वाचन: ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

राष्ट्रियसभा निर्वाचन: ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

काठमाडौँ, २३ माघ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका क्रममा भोलि माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भए...
विशेष अदालतः छ महिनामा ५८ मुद्दा फछ्र्योट

विशेष अदालतः छ महिनामा ५८ मुद्दा फछ्र्योट

काठमाडौँ, २३ माघ ।  विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट गरेको पाइएको छ । तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फछ्र्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०७३/७४ का २३२ बाँकी र चालु आव २०७४/७५ का ८८ मुद्दामा ५८ वटा फछ्र्योट भएको हो । अदालतका उपरजिष्ट्रारसमेत रहनुभएका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारण...
दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना गरिने

दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना गरिने

म्याग्दी, २३ माघ ।  बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन ध...
सत्र आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

सत्र आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौँ, २३ माघ । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् । उत्पादन अनुमति पाएका आयोजनाको ...
सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

काठमाडौंँ, २३ माघ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो । अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस...
error: Content is protected !!