हेटौँडा, २९ माघ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ । मुख्यमन्त्री पौडेलले आजै पदभार सम्हाल्ने छन् ।
प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वाचित हुनुभएका उहाँ प्रदेश नं ३ को संसदीय दलका नेता हुनुहुन्छ ।