काठमाडौँ, २८ माघ । सर्वोच्च अदालतमा शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो ।

Advertisement

रिट निवेदनमा भनिएको छ, “शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।”

निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान हुने जस्ता कुरीतिलाई कानूनीरुपमा बन्देज लगाउनुपर्ने, भाङ, धतुरो खाएर महिला र बालबालिकामाथि हुने यस्तो खालको विकृति रोक्न आदेशको माग गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!