पार्टी एकताको ढाँचा अन्तिम रुपमा: अध्यक्ष प्रचण्ड
चितवन, २६ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पदका कुरामा नभएर विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई कसरी मिलाउने भन्नेबारेमा नेकपा(एमाले)सँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभय...






























