काठमाडौँ, २८ माघ । नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ ।

Advertisement

पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै नेकपा (माओवादी केन्द्र) सँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले सरकारले कुनै परामर्श नै नगरी एकलौटी ढंगले राष्ट्रियसभामा तीन सदस्य सिफारिश गरेकोप्रति आपत्ति प्रकट गर्दैै विरोध गरेको छ ।

एमालेले सरकारले बिना परामर्श नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र काँग्रेसका नेता गोपाल बस्नेतलाई राष्ट्रियसभामा सदस्य बनाउन गरेको सिफारिशको विरोध गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!