सौराहा महोत्सवमा हात्ती वनभोज कार्यक्रम थप आकर्षण
रत्ननगर, चितवन, २९ माघ । प्रेम दिवस (भ्यालेन्टाइन डे)का अवसर पारेर चितवनको सौराहामा आइतबारदेखि शुरु भएको खाना महोत्सव (फुड फेस्टिवल)मा हात्ती वनभोज कार्यक्रम थप गरिएको छ ।
यसपालि पहिलो पटक खाना महोत्सवमा हात्तीको वनभोज कार्यक्रमसमेत समावेश भएको सौराहा खाना महोत्सवका संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । चितवनको रत्ननगरस्थित सिसवार चौरमा माघ २८ देखि फागुन ३ गतेसम्म १२औँ सौराहा खाना महोत्सव गरिए...


























