उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

सुर्खेत, १३ फागुन । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वा...
चर्चित भारतीय अभिनेत्री श्रीदेवीको  निधन

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं, १३ फागुन ।  चर्चित भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण निधन भएको हो । श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हि...
विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पामा पुगेन पुस्तक

विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पामा पुगेन पुस्तक

दुनै, डोल्पा, १३ फागुन । डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको...
महायज्ञबाट तीन करोड संकलन

महायज्ञबाट तीन करोड संकलन

बेसीशहर, लमजुङ, १३ फागुन । लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ । महायज्ञबाट नगद मात्रै दुई करोड ३९ लाख रुपैया संकलन...
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा का...
शिक्षामा सुधार ल्याउन विद्यार्थीले गर्छन् शिक्षकको हाजिर

शिक्षामा सुधार ल्याउन विद्यार्थीले गर्छन् शिक्षकको हाजिर

काठमाडौं, १३ फागुन । विद्यालयमा शिक्षकले हरेक दिन विद्यार्थीको हाजिर गर्छन् र पठनपाठन सुरु गर्छन् । तर अर्घाखाँचीका विद्यालयहरुमा भने शिक्षकले विद्यार्थीको नभएर विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् । काराबोर दैनिकका अनुसार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउन विद्यार्थीले शिक्षकको हाजिर गर्ने तिथी बसालेको छ । जिल्ला शिक्षा कार्यालयले नयाँ चलन बसालेसँगै पठनपाठनमा सुधार ...
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

महेन्द्रनगर, धनुषा, १३ फागुन ।  जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयक...
विकास निर्माणमा भएका कानुनी जटिलता खुकुलो पारिन्छः प्रम ओली

विकास निर्माणमा भएका कानुनी जटिलता खुकुलो पारिन्छः प्रम ओली

काठमाडौँ, १२ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताउनुभएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी कार्यालयका टेबुलपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ । सरकारी कर्मचारीले कुनै निय...
आगामी १० वर्षमा पचास लाख पर्यटक भित्र्याउन ठोस कार्ययोजना आवश्यक

आगामी १० वर्षमा पचास लाख पर्यटक भित्र्याउन ठोस कार्ययोजना आवश्यक

काठमाडौँ, १२ फागुन । आर्थिक समृद्धि र विकासको लक्ष्यसहित गठन भएको वर्तमान वाम गठबन्धनको सरकारले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन ठोस कार्ययोजनाका साथ काम गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रमा अब पनि घिसेपिटे तरिकाले काम नचल्ने भन्दै व्यवसायीले बदलिँदो परिस्थितिअनुसार कामकाजी पर्यटन नीतिको आवश्यकतामा समेत जोड दि...
ट्रम्पको निर्वाचन अभियानका व्यवस्थापक मानाफोर्टमाथि घुष लिएको आरोप

ट्रम्पको निर्वाचन अभियानका व्यवस्थापक मानाफोर्टमाथि घुष लिएको आरोप

वासिङ्टन, १२ फागुन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतिको निर्वाचन अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रसियाली हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराउनु भएको छ । वासिङ्टन संघीय अदालतमा दायर गरिएको उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा हाप्सवर्ग समूहका केही राजनीतिज्ञ अर्थात् कुनै समय रसियासमर्थक युक्रेनी सर...
लोपोन्मुख बन्दै गएका गन्धर्व जातिको संरक्षण गर्नुपर्नेमा जोड

लोपोन्मुख बन्दै गएका गन्धर्व जातिको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौँ, १२ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा लोपोन्मुख बन्दै गएको गन्धर्व जातिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । गन्धर्व समाजले आज यहाँ आयोजना गरेको १२औँ सारङ्गी दिवसको उद्घाटन गर्दै उहाँले उनीहरुको संस्कृति संरक्षणको अभावमा हराउने खतरा रहेकामा चिन्ता व्यक्त गर्नुभयो । सबै जाति समुदायको भाषा, संस्कृति, रीतिरिवाज, परम्पराको जगेर्नाका लागि सरकारले लगानी वृद्धि गर्...
संघीय शिक्षासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

संघीय शिक्षासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १२ फागुन ।  ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सकिएको छ । सम्मेलनको समापन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभयो । सम्मेलनको समापन गर्दै उहाँले संघीय संरचनामा शिक्षा प्रणालीलाई नीतिगत सुधार गर्ने बताउनुभएको छ । उहाँले शिक्षामा पहिलेको भन्दा केही सुधार देखिएकाले अब संघीयतामा शिक्षाको सुधार झनै हुने बताउनुभयो । उहाँले प्रदेश ...
काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

काठमाडौँ, १२ फागुन ।  नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो । परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेप...
एमाले–माओवादी कार्यदल बैठक

एमाले–माओवादी कार्यदल बैठक

काठमाडौँ, १२ फागुन । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव ...
हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँंडा, १२ फागुन । नेपाल पुलिसलाई ट्रइबेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ । आज भएको फाइनलमा खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि विजेता त्रिभुवन आर्मीले रु पाँच लाख तथा उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी घो...
प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

 काठमाडौँ, १२  फागुन ।  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो । ‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थि...
बारामा एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन

बारामा एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन

कलैया, १२ फागुन । बारामा यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ । मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बाराका कृषकले कूल सात हजार ४७ हेक्टर क्षेत्रफलमा सी ४० र खुमलटार रातो जातको आलु लगाएको थियो । प्रतिहेक्टर १६ दशमलव...
विद्यालयमा बढ्दो बन्दुक चिन्ताजनक

विद्यालयमा बढ्दो बन्दुक चिन्ताजनक

काठमाडौँ, १२ फागुन । अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गर्नुभयो र भन्नुभयो, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन् । कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठामा बन्दुकसहित रहन पाउने छन् ।’ अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित एक विद्यालयमा गत फेबु्रअर...
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

जितपुर, कपिलवस्तु, १२ फागुन । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्...
सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने: अध्यक्ष दाहाल

सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने: अध्यक्ष दाहाल

चितवन, १२ फागुन ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै ...
हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान

काठमाडौं, १२ फागुन। सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ । अभियान १४ फागुनमा सम्पन्न हुनेछ । औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न निकायले भ्रामक प्रचारप्रसार गर्दै आए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यका अनु...
दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

काठमाडौं, १२ फागुन। भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्क...
बालुवाटारमा प्रमको जन्मोत्सव

बालुवाटारमा प्रमको जन्मोत्सव

काठमाडौँ, ११ फागुन। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ६७औँ जन्मदिन आज प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । पार्टीका नेता, मन्त्रीगण, राजदूतका साथै परिवारका सदस्य, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा केक काटेर प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको थियो । विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मनुभएका ओलीलाई नयाँ सरकारको सफलताका साथ दीर्घायुको कामना गर्दै सांगीतिक प्र...
त्रिशूली बचाउन आग्रह

त्रिशूली बचाउन आग्रह

मलेखु, धादिङ, ११ फागुन। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स...
पहिरोमा पुरिएका आठ शव निकालियो

पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता, १२ फागुन। इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको जाकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ । यहाँको बे्रबस जिल्लाको पासिर पान्जाङ गाउँमा ग...
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

बेसीशहर, लमजुङ, ११ फागुन। लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक...
सैनिक प्रशिक्षार्थीबाट राससको अवलोकन

सैनिक प्रशिक्षार्थीबाट राससको अवलोकन

काठमाडौं, ११ फागुन। नेपाली सेनाको १३ औँ शृंखलाको जनसम्पर्क तालीममा सहभागी प्रशिक्षार्थीले आज सिंहदरबारस्थित राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयको अवलोकन गरी संस्थाद्वारा प्रवाहित सेवाबारे जानकारी हासिल गरे । सरकारी समाचार संस्थाहरुबाट भइरहेको समाचार संकलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिन सैनिक प्रशिक्षार्थी पहिलो पटक रासस आएका हुन् । राससमा आज आयोजित कार्यक्रममा अध्यक्ष कुलचन्द्र...
जंगली हात्तीले गहुँबाली क्षति ग¥यो

जंगली हात्तीले गहुँबाली क्षति ग¥यो

कञ्चनपुर, ११ फागुन। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ । गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको छ । तीसवटा परिवारको झण्डै ३१ बिघा खेतमा पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पु¥याएको नगरपालिकाका वडाध्यक्ष नरेन्द्रप्रसाद ...
अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ, ११ फागुन।अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाउनुभएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताउनुभएको छ । अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त...
सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन

सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन

म्याग्दी, ११ फागुन। रघुगंगा गाउँपालिका–३ मा कलेजाबाङ वाखेत सामुदायिक वनले निगालो उद्योग सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउनका लागि निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो । सामुदायिक वनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि निगालोको चोयाबाट डोको बुनाइ थालिएको कलेजाबाङ वाखेत सामुदायिक वनका अध्यक्ष जितबहादुर खत्रीले बत...
भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

रुकुम, ११ फागुन । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका उहाँले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो । सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले...
error: Content is protected !!