आज मन्त्रिपरिषद् विस्तार हुने, दिउँसो ३ बजे मन्त्रीहरुको शपथ

आज मन्त्रिपरिषद् विस्तार हुने, दिउँसो ३ बजे मन्त्रीहरुको शपथ

काठमाडौं,१४ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी  दिएका छन । फागनु ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यही दिन एमालेबाट २ मन्त्रीलाई शपथ गराएका भए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार गरि सकेका  छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेल...
घरभित्रबाट दुर्लभ अजिंगरको उद्धार

घरभित्रबाट दुर्लभ अजिंगरको उद्धार

रत्ननगर, चितवन, १४ फागुन ।  चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो । उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि ख...
स्वैच्छिक अवकाश लिदै चार हजार निजामति कर्मचारी

स्वैच्छिक अवकाश लिदै चार हजार निजामति कर्मचारी

काठमाडौं, १४ फागुन । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला करिब चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका बिभिन्न पत्रपत्रिकामा समाचार छापिएका छन । गत पुस ३० गते ४५ दिनको अवधि राखी सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सूचना सार्वजनिक गरेको थियो । मन्त्रालयका अनुसार निव...
राजधानीमा सुरू भयो एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८

राजधानीमा सुरू भयो एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८

काठमाडौं, १४ फागुन । आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो । एसिया प्यासिफिक रिजनल इन्टरनेट कन्फेरेन्स अन अपरेसनल टेक्नोलोजी (एप्रिकोट) एसिया प्यासिफिक क्षेत्रका देशका इन्टरनेट विज्ञहरू सम्मिलित सन् १९९६ देखि सुरू भएको एक सम्मेलन हो । चार दिनसम्म चल्ने सम्मेलनको उद्घाटन...
क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा ४२ महिनामा २,१६४ को हत्या

क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा ४२ महिनामा २,१६४ को हत्या

काठमाडौं, १४ फागुन ।  १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो । २. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपि...
चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान

नेपालगञ्ज, १४ फागुन । मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना ¥याली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको ¥यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल...
उत्तर कोरिया अमेरिकासँग सम्बन्ध सुधार गर्न इच्छुक: सोल

उत्तर कोरिया अमेरिकासँग सम्बन्ध सुधार गर्न इच्छुक: सोल

सोल, दक्षिण कोरिया, १४ फागुन । उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न ‘निकै इच्छुक’ रहेको जनाएको दक्षिण कोरियाले आइतबार बताएको छ । दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस)का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुक अमेरिकासँग वार्ता गर्न चाहेको वताएको हो । “दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँग...
मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

महेन्द्रनगर, धनुषा, १३ फागुन ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गर्नुभएको हो । प्रदेश नं २ को मुख्यमन्त्री पदको शपथ लिँदै गर्दा मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर...
अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ, १३ फागुन । सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक रु ३०० का दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतका कारण बढी अवधि थुनामा बिताउन बाध्य भएको व्यक्तिलाई सो क्षतिपूर्ति दिन आदेश गरेको सर्वोच्च अदालतका प्रेस विज...
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ, १३ फागुन । सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आद...
नयाँ संरचनामा शैक्षिक गुणस्तर कायम गर्न समस्या

नयाँ संरचनामा शैक्षिक गुणस्तर कायम गर्न समस्या

काठमाडौँ १३ फागुन । मुलुकमा आएको संरचनात्मक परिवर्तनसँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियम बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम गर्न तत्कालका लागि अन्योल देखिएको छ । नेपाल सरकारद्वारा स्थानीय तह सञ्चालन ऐन, २०७४ जारी गरी शिक्षासम्बन्धी २३ वटा कार्यक्षेत्र तोकिएकोमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको विज्ञ एवं सरोकारवालाले जनाउनुभएको छ । शिक्षाका ...
खाद्य अधिकारबाट वञ्चितका समस्याबारे प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री भट्ट

खाद्य अधिकारबाट वञ्चितका समस्याबारे प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री भट्ट

कैलाली, १३ फागुन ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले खाद्य अधिकारबाट वञ्चित भएका व्यक्तिको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी, पहिरो र आरक्षपीडितको ज्ञापनपत्र बुझ्दै उहाँले खाद्य अधिकारबाट वञ्चित व्यक्तिका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै समस्या समाधानका लागि केन्द्र सरकारलाई आग्रह गर...
मुलुक र जनताको हितमा संविधान संशोधन गर्न सकिन्छः नेता नेपाल

मुलुक र जनताको हितमा संविधान संशोधन गर्न सकिन्छः नेता नेपाल

नेपालगन्ज, १३ फागुन ।  नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताउनु भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाँले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भन्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले...
मनोनयन भएका राष्ट्रियसभा तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश

मनोनयन भएका राष्ट्रियसभा तीन सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश

काठमाडौँ, १३ फागुन ।  सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यका लागि मनोनयमा भएका डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज राष्ट्रियसभाको सदस्यको मनोनयनमा राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने गरी संवैधानिक व्यवस्था नभएको उल्लेख गर्दै मनोनयनमा परेका ...
वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो

वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो

रत्ननगर, चितवन, १३ फागुन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँले अहिले गाउँगाउँमा २/३ महिनाका लागि नयाँ सुराकीहरु थपेर सूचना संकलनको काम समेत थालिएको जानकारी दिनुभयो । अहिलेको मौसम...
अब बन्ने मन्त्रिपरिषमा थारु समुदायको प्रतिनिधित्व गराउन माग

अब बन्ने मन्त्रिपरिषमा थारु समुदायको प्रतिनिधित्व गराउन माग

काठमाडौँ, १३ फागुन । थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो । नेकपा (एमाले)का...
‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

काठमाडौ, १३ फागुन ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ । समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु¥याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । ...
पत्रकार महासंघको भवनलाई ६० लाख सहयोग जुटयो

पत्रकार महासंघको भवनलाई ६० लाख सहयोग जुटयो

बागलुङ, १३ फागुन ।  पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो । अभियानमा सर्वसाधा...
आर्थिक वृद्धिदर ७ प्रतिशत कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक

आर्थिक वृद्धिदर ७ प्रतिशत कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक

काठमाडौँ, १३ फागुन ।  नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख गरिएको छ । सामान्य रुपमा ४ दशमलव ५ प्रतिशतको दरले मात्रै आर्थिक ...
भारतीय पक्षबाट दुई वर्षमा पनि बनेन १,२०० मिटर नहर

भारतीय पक्षबाट दुई वर्षमा पनि बनेन १,२०० मिटर नहर

भीमदत्तनगर, १३ फागुन । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ । “महाकाली सन्धिअनुसार भारतले टनकपुरदेखि मटेनास...
बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

बागलुङ, १३ फागुन ।  बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले...
अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

बर्दिवास, १३ फागुन । महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आज पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको...
काँग्रेस संसदीय दलको विधान अनुमोदन

काँग्रेस संसदीय दलको विधान अनुमोदन

काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन प्रक्रियाको गृहकार्य गर्न समिति गठन गरेको छ । बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको समिति ...
समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह र जनप्रतिनिधि

समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह र जनप्रतिनिधि

पोखरा, १३ फागुन । स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय तहका लागि विभिन्न अधिकारको व्यवस्था गरिए पनि त्यसको उपयोग सम्बन्ध...
कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द ‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभेम्बर २१ मा ...
विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण

विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण

काठमाडौँ, १३ फागुन ।  खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ । नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ । विभागका अनुसार हालसम्म मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा ढल निर्माण तथा प्रशोधन आय...
कांग्रेस केन्द्रीय समितिको बैठक जारी, संसदीय दलको विधान अनुमोदन गर्ने

कांग्रेस केन्द्रीय समितिको बैठक जारी, संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा प...
कोलकातामा ‘पानीघट्ट’

कोलकातामा ‘पानीघट्ट’

काठमाडौँ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाल...
अमेरिकाले उत्तर कोरिया विरुद्ध व्यापक साइबर आक्रमण गर्दैछ: प्योङयाङ

अमेरिकाले उत्तर कोरिया विरुद्ध व्यापक साइबर आक्रमण गर्दैछ: प्योङयाङ

प्योङयाङ, उत्तर कोरिया, १३ फागुन । अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरिया...
उत्पादन बढाउन माटो परीक्षण शिविर सञ्चालन

उत्पादन बढाउन माटो परीक्षण शिविर सञ्चालन

फलेवास, पर्वत, १३ फागुन । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखरा...
पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

खजुरा, बाँके, १३ फागुन ।  नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको छ । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ ।...
error: Content is protected !!