काठमाडौं, २० फागुन। २०१९ आईसीसी एकदिवसीय बिश्वकप छनौट खेल्न नेपाल सहित १० टिम जिम्बाबे पुगीसकेको छ। १० टिम मध्ये उत्कृस्ट २ हुने टिम बिश्वकप खेल्न छनौट हुनेछ भने उत्कृस्ट ३ एसोसिएट रास्ट्र एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नामिबियामा गत महिना सम्पन्न डिभिजन-२ को उपविजेताको रुपमा जिम्बाबे पुगेको नेपाली टिमको पहिलो लक्ष्य समुह चरण पार गर्दै सुपर सिक्स चरणमा प्रवेश गर्नु हुनेछ भने अस्चार्यचाकित नतिजा निकाल्दै बिश्वकप सम्म पुग्नु अन्तिम लक्ष्य हुनेछ। नेपाल रहेको समुह ‘बि’ मा टेस्ट रास्ट्र जिम्बाबे र अफगानिस्तान तथा हंगकंग र स्कटल्याण्ड रहेको छ। ५ टिम मध्ये समुह चरणको खेल पछि उत्कृस्ट ३ टिम सुपर सिक्स चरणमा छनौट हुनेछ जुन चरणबाट उत्कृस्ट २ टिम छानिनेछ।

Advertisement

प्रतियोगिताको सुरुवातमै नेपालले टेस्ट रास्ट्र तथा आयोजक समेत रहेको जिम्बाबेको सामना गर्दैछ।

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

१९८३ देखि २०१५ सम्म लगातार एकदिवसीय बिश्वकप खेल्दै आएको जिम्बाबेलाई उसैको घरमा रोक्न निम्न आधारहरु रहेका छन्- 

१. जिम्बाबेको खराब फर्म

जिम्बाबेले खेलेको पछिल्लो १० खेल मध्ये ७ वटा खेलमा हार बेहोरेको छ भने मात्र ३ वटामा जित हात पर्न सकेको छ। प्रतियोगिता अघि अभ्यास खेलमा पपुवा न्यु गिनीलाई ५ विकेटले पराजित गरेतापनि त्यसअघि अफगानिस्तानसंगको ५ एकदिवसीयको सिरिज जिम्बाबेले ४-१ ले हारेको थियो। हार पनि थोरै अन्तरको हैन ४ वटै खेलमा जिम्बाबेको हारको अन्तर निकै ठुलो थियो। गत बर्ष श्रीलंकालाई उसैको घरमा सिरिजमा पराजित गर्दै सनसनी मचाएको जिम्बाबेको पछिल्लो लय राम्रो छैन जसको फाइदा नेपालले उठाउनेछ।

पछिल्लो १० खेलमा जिम्बाबेको नतिजा 

– पपुवा न्यु गिनीसंग ५ विकेटको जित ( बिश्वकप छनौट अभ्यास खेल )
– अफगानिस्तानसंग १४६ रनको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १० विकेटको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग ६ विकेटको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १५४ रनको जित  ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १५४ रनको हार ( एकदिवसीय सिरिज )
– बंगलादेशसंग ९१ रनको हार ( त्रिकोणात्मक सिरिज )
– श्रीलंकासंग ५ विकेटको हार ( त्रिकोणात्मक सिरिज )
– श्रीलंकासंग १२ रनको जित ( त्रिकोणात्मक सिरिज )
– बंगलादेशसंग ८ विकेटको हार ( त्रिकोणात्मक सिरिज )

२. स्पिन बलिंग खेल्न जिम्बाबेको संघर्ष

बिश्वकप छनौट अघि अफगानिस्तानसंगको एकदिवसीय सिरिजमा ४-१ ले पराजित हुँदै लज्जास्पद पराजय बेहोरेको जिम्बाबेको हारको सबैभन्दा ठुलो कारण स्पिन बलिंगमा कमजोर प्रदर्शन हो। ५ खेल मध्ये ४ वटा खेलमा जिम्बाबे २०० रन पनि कटाउन सकेको थिएन। ५ खेल मध्ये ४ खेलमा अलआउट भएको जिम्बाबेले आफ्नो प्राय विकेट अफगानिस्तान स्पिनर रासिद खान, मुजिब उर् रहमान, मोहम्मद नाबी जस्ता स्पिनरहरुलाई सुम्पेका थिए।

अफगानिस्तानले सिरिजमा गुमाएको कुल ४५ विकेट मध्ये रिस्ट लेग स्पिनर रासिद खान र अफब्रेक बलर मुजिब उर् रहमान मिलेर २८ विकेट लिएका थिए। अर्का अफ स्पिनर मोहम्मद नाबीले ७ विकेट लिएका थिए भने देब्रे हाते स्पिनर शरफुद्दीन अशरफले ३ विकेट लिएका थिए। ४५ विकेट मध्ये रासिदले १६, मुजिबले १२, नाबीले ७, अशरफले ३ तथा रहमत शाहले १ गरि कुल ३९ विकेट अफगानिस्तान स्पिनरहरुले चट्काएका थिए।

Sandeep Lamichhane

Sandeep Lamichhane

नेपाली लेग स्पिनर सन्दिप लामिछाने निकै राम्रो लयमा छन् र डिभिजन-२ मा १७ विकेट सहित प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी थिए। जिम्बाबे ब्याट्सम्यानहरु रिस्ट स्पिन खेल्न संघर्ष गर्दैगर्दा बसन्त रेग्मी, पारस खड्का, शक्ति गौचन, ललित राजबंशी जस्ता नेपाली स्पिनरहरु थप मुस्किल बनाउन सक्षम छन्। यदी जिम्बाबे ब्याट्सम्यानहरु स्पिन खेल्न संघर्ष गर्ने हो भने जिम्बाबेलाई सानो योगफलमा रोक्दै खेल जित्न ठुलो फाइदा उठाउन सक्छ।

३. सन्दिपको जादु

स्पिन बलिंग त्यसमाथि पनि रिस्ट लेग स्पिन खेल्न जिम्बाबे कमजोर देखिएको छ। जिम्बाबेको त्यही कमजोर पक्षमा आक्रमण गर्न सन्दिप लामिछाने जस्तो हतियार नेपालसंग हुनु बलियो पक्ष हो। आईपीएल र सीपीएल खेल्न छनौट भएपछि सन्दिपमा भरिएको आत्मविश्वास तथा डिभिजन-२ मा १७ विकेट लिंदै उत्कृस्ट बलर हुँदा देखिएको फर्म जिम्बाबेको लागि खतरनाक हुन सक्छ।

४. अस्चार्य दिन सक्ने सन्तुलित नेपाली टिम

यु-१९ स्तरमा टेस्ट रास्ट्र पाकिस्तान, दक्षिण अफ्रीका, न्युजिल्याण्ड मात्रै हैन जिम्बाबेलाई पनि पराजित गरेको नेपाल बिश्व क्रिकेटमा अस्चार्य दिन सक्ने टिम मानिन्छ। हारीसकेको खेललाई आफ्नो पक्षमा ल्याउने अद्भुत क्षमता नेपाली टिममा छ जसकारणनै ठुला टिमहरुलाई बिगतमा थुप्रै पटक पराजित गर्न सकेको हो।

नामिबियामा गत महिना सम्पन्न डिभिजन-२ मा ६ मध्ये ४ खेल जितेको नेपालले ३ वटा खेल अन्तिम ओभरमा जितेको थियो भने त्यसमध्ये पनि २ वटा खेल अन्तिम बलमा जितेको थियो। खेल जित्न अन्तिमसम्म संघर्ष गर्ने नेपाली खेलाडीहरु जुनसुकै टिमलाई संघर्ष गर्न बाध्य बनाउन सक्छन्।

Nepal Cricket Team
Nepal Cricket Team

नेपालको बलिंग पक्ष डिभिजन-२ मा राम्रो देखिएको थियो जसमा सन्दिप लामिछाने, बसन्त रेग्मी, सोमपाल कामिको योगदान बिशेष रहेको थियो। पारस खड्का डिभिजन-२ कै सर्वाधिक रन बनाउने खेलाडी थिए भने रोहित पौडेलको प्रदर्शन उल्लेखनीय रहँदै आएको छ। डिभिजन-२ मा ब्याटिंग पक्षको योगदान बिशेष रहेको थिएन जसको पछाडी पिचको कारण पनि प्रमुख थियो।

जिम्बाबेमा खेलिएको पहिलो अभ्यास खेलमा शरद भेसावकर, दिपेन्द्र ऐरी र आरिफ शेखले राम्रो ब्याटिंग गर्दै लय देखाउनु नेपालको लागि सुभसंकेत हो। सोहि खेलमा करन केसी र ललित भण्डारी र ललित राजबंशीको बलिंग उत्कृस्ट रहनु प्रतियोगिताको ठिक अगाडी अर्को खुसिको खबर थियो। २९ ओभरको खेलमा युएईले दिएको १७२ रनको लक्ष नेपालले ५ विकेट गुमाएर पुरा गरेको थियो। ब्याटिंगमा दिपेन्द्र र शरदले ( अविजित ) समान ४१ रन र आरिफ शेखले अविजित  २३ रन तथा बलिंगमा ललित भण्डारीले ४, करन केसीले ३ र ललित राजबंशीले २ विकेट लिएका थिए।

त्यसमाथि आईपीएल र सीपीएल खेल्न छनौट भएका सन्दिप लामिछाने, बिश्व स्तरीय खेलाडी पारस खड्का, शरद भेसावकर, ज्ञानेन्द्र मल्ल र बलियो स्पिन पक्षमा बसन्त रेग्मी, शक्ति गौचन नेपाललाई जुनसुकै खेल जिताउन सक्षम छन्। सोमपाल र करन केसीको अनुभवी तिब्र गति बलिंग जोडी तथा युवा खेलाडीहरु रोहित पौडेल, अनिल साह, ललित राजबंशी, ललित भण्डारीको आगमनले नेपाली टिम सन्तुलित देखिन्छ।डिभिजन-२ मा उत्कृस्ट नतिजा हाँसिल गरेको नेपाली टिमको आत्मविश्वास चरममा रहेको छ भने सानो टिमहरुसंग खेल्दा ठुलो टिमहरुमा हुने प्राकृतिक दबाबको फाइदा नेपालसंग हुनेछ। विकेट नेपाल डट कम बाट।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!