चाँगुनारायण ७ मा काँग्रेसका केसी विजयी, प्रमुखमा एमाले अगाडि
भक्तपुर। चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
उहाँले एक हजार ७१ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी हुनुभयो । महिला सदस्यमा...
