संगालोखबर सम्वाददाता

धनकुटा। असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा चुनावी अभियान जारी राखेको छ । अभियान अन्तरगत एमालेले साेमबार महालक्ष्मी नगरपालिका २ मारेककटहरेमा चुनावी सभा र घरदैलो अभियान सञ्चालन गरेको छ ।

Advertisement

अभियानमा एमाले नेता सुरेन्द्र पौडेल, इन्द्रमणी पराजुली, दिपक बुढाथोकी, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदवार मञ्जु अधिकारी लगायत सहभागि थिए ।

अभियानका क्रममा उनीहरुले गाउँको बिकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन । अभियानका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया आएको घरदैलो अभियानमा सहभागि एमाले महालक्ष्मी नगरपालिका–७ का सदस्य प्रकाश दाहालले जानकारी दिए।

एमालेले म‌गलबार महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगामा चुनावी घरदैलो कार्यक्रम गर्दैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!