रबिन कटेल/संगालोखबर

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मंगलबार धनकुटाका सात वटै स्थानीय तहका उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा ¥यालीसहित उम्मेदवार घोषणा सभा गरी केन्द्रले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रले धनकुटा नगरपालिकाको मेयरमा केन्द्रिय सल्लाहकार समिति सदस्य गणेश बिष्टलाई उम्मेदवार घोषणा गरेको छ । त्यस्तै उप–मेयरमा जिल्ला सम्मेलन आयोजक समिति सदस्य तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सचिव बिष्णुमाया कन्दङ्गवालाई उम्मेदवार बनाएको छ ।

Advertisement
घोषणा सभामा माओवादी केन्द्रका उम्मेदवारहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै पाख्रीवास नगरपालिकाको मेयरको उम्मेदवारमा केन्द्रिय सल्लाहकार समिति सदस्य कृष्ण कटुवाललाई अघि सारेको छ । पाख्रीवासको उप–मेयरमा नगर सम्मेलन आयोजक समिति सदस्य करुणा राईलाई माओवादी केन्द्रले उम्मेदवार चुनेको छ ।

यता महालक्ष्मी नगरपालिकामा राम नेपाललाई मेयरको उम्मेदवार घोषणा गरिएको छ । उनी माओवादी केन्द्रका धनकुटा–काठमाण्डौ सम्पर्क मञ्चका सचिव हुन । महालक्ष्मीको उप–मेयरमा बिद्यार्थी राजनीति गर्दै आएकी डिना बुढाथोकीलाई उम्मेदवार बनाईएको छ ।

उम्मेदवार घोषणा अघि धनकुटा बजारमा निश्किएको जुलुश । तस्वीर:रबिन कटेल/संगालोखबर

त्यस्तैगरी चौबिसे गाउँपालिकाको अध्यक्षमा दल बहादुर मगर र उपाध्यक्षमा सोभा बस्नेतलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । मगर सेनाबाट अवकास प्राप्त ब्यक्ति हुन भने बस्नेत पार्टीको चौबिसे गाउँपालिका सदस्य छन ।

यता खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा जिल्ला सम्मेलन आयोजक समिति सदस्य एवं किरात राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला अध्यक्ष भरत सिंह राईलाई केन्द्रले उम्मेदवार घोषणा गरेको छ । उपाध्यक्षमा केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य राम कुमारी राईलाई उम्मेदवार बनाईएको छ ।

उम्मेदवार घोषणा सभा । तस्वीर:रबिन कटेल/संगालोखबर

माओवादी केन्द्रले पार्टीको भेडेटार गाबिसका पूर्व अध्यक्षसमेत रहेका जगत बहादुर राईलाई साँगुरीगढी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै साँगुरीगढी गाउँपालिका सदस्य शरस्वती लिम्बुलाई उपाध्यक्षको उम्मेदवार घोषणा गरिएको छ ।

त्यस्तैगरी छथर गाउँपालिकाको अध्यक्षमा केन्द्रिय अधिवेशन आयोजक समिति सदस्य बिष्णु बहादुर लिम्बुलाई उम्मेदवार बनाईएको छ । उपाध्यक्षको उम्मेदवारको रुपमा जिल्ला सम्मेलन आयोजक समिति सदस्य गिता गुरुङ्गलाई अघि सारिएको छ । उनी स्वर्गिय पूर्व अर्थराज्यमन्त्री हरिराज खेवाकी धर्मपत्नीसमेत हुन ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता अग्नी सापकोटो । तस्वीर:रबिन कटेल/संगालोखबर

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हेमराज भण्डारीले उम्मेदवार घोषणा गरेका थिए । माओवादी केन्द्रले वडा सदस्य देखि स्थानीय तह प्रमुखसम्म सवै उम्मेदवार घोषणा गरेको हो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले अव कुनैपनि हालतमा चुनावको मिति नसर्ने दावी गरेका छन ।

जुलुश र घोषणा सभा यस्तो थियो । भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!