कोहलपुर (बाँके)। लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।

Advertisement

दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो ।

कोहलपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् ।

एमालेले प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णकुमारी थारूलाई तथा नेकपा माओवादी केन्द्रले प्रमुख नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी चौधरीलाई उम्मेदवार बनाएका छन् ।

थारू समुदायको बाहुल्य रहेको नगरपालिकामा १५ वटा वडा छन् । सत्तरी हजार ६४७ जनसङ्ख्या रहेको नगरपालिकामा काँग्रेसले १५ वटै वडाको वडाध्यक्षको नाम टुङ्ग्याए पनि अन्य दलले सबै वडाका उम्मेदवार टुङ्ग्याई नसकेको जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!