संगालोखबर सम्वाददाता

धनकुटा। नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिका–५ सालघारीमा आईतबार चुनावी सभा गरेको छ । सभामा एमाले नेता इन्द्रमणी पराजुली, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदवार मञ्जु अधिकारी, ५ नम्बर वडाध्यक्षका उम्मेदवार शिव तुम्वा लगायतले संबोधन गरेका छन ।

सभालाई संबोधन गर्दै एमाले नेताहरुले चुनावका वेला मिठा कुरा गर्ने पार्टीहरुको पछि नलागी गाउँको विकास गर्ने पार्टी एमालेलाई सुर्य चिन्हमा मतदान गरी जिताएर गाउँको बिकासको ढोका खोल्न मतदातालाई आग्रह गरेका छन ।

यसैवीच सोही अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी १५ जना एमालेमा प्रवेश गरेको एमाले नेता इन्द्रमणी पराजुलीले जानकारी दिए ।

उनका अुनसार राप्रपाबाट मनकुमारी मिश्र, अम्बिका मिश्र, दिपना भण्डारी, सरस्वती भण्डारी, रिता भण्डारी, मैया कुँवर, सोभा पौडेल, देवीमाया पौडेल, हेम बहादुर पौडेल, दल बहादुर अधिकारी लगायत १५ जना एमालेमा प्रवेश गरेका हुन ।

उनीहरुलाई एमाले नेताहरुले पार्टीमा स्वागत गर्दै चुनावी अभियानमा सहभागि गराएको एमाले महालक्ष्मी–७ का सदस्य प्रकाश दाहालले बताएका छन ।

त्यस्तैगरी महालक्ष्मीको चानुवाबाट पनि नेपाली कांग्रेस परित्याग गरी रमेश पौडेलको नेतृत्वमा एक दर्जन युवाहरु एमालेमा प्रवेश गरेको एमाले नेता दिपक बुढाथोकीले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!