- संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिकामा चार राजनीतिक दलले चुनावी तालमेल गरी संयुक्त उम्मेदवार घोषणा गरेका छन् । डाडाबजारमा कार्यक्रम गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम र संघिय लिम्वुवान मञ्चले संयुक्त रुपमा उम्मेदवार घोषणा गरेका हुन् ।

उनीहरुले साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राईलाई उम्मेदवार घोषणा गरेका छन । त्यस्तै उपाध्यक्षमा संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष वलवहादुर राईलाई उम्मेदवार बनाईएको छ । दलहरुले वडा अध्यक्षको उम्मेदवारमा पनि तालमेल गरेका छन् ।

Advertisement

चुनावी तालमेल गरी साँगुरीगढी गाउँपालिका–१ को वडा अध्यक्षमा संघिय समाजवादी फोरमका भुपाल सिं लिम्वु, वडा न.२ मा नेकपा माओवादी केन्द्रका ब्रह्म्वध्वज लिम्बु, वडा न.३ मा कांग्रेसका कृष्णवहादुर लिम्वु, वडा न.४ मा कांग्रेसका अम्लेस लिम्वु वडा अध्यक्षको उम्मेदवार छन ।

अन्य वडामा काग्रेसको तर्फवाट वडा अध्यक्षको उम्मेदवार घोषणा गरिएको छ । वडा न.५ मा पलक वस्नेत, वडा न.६ मा यमप्रकास मगर, वडा न.७ मा विष्णु राई, वडा न.८ मा प्रकास राई, वडा न.९ मा नेपालधन राई र वडा न.१० मा ठहरसिं राई लाई उम्मेदवार बनाईएको छ ।

यसैवीच संयुक्त उम्मेदवार घोषणा प्रति असहमति जनाउँदै संघिय समाजवादी फोरमको तर्फवाट तिन वटा वडामा छुटै वडा अध्यक्षको उम्मेदवार घोषणा गरिएको छ ।

चुनावी तालमेल प्रति असहमति जनाउँदै साँगुरीगढी–४ मा खड्कवहादुर लिम्वु, ६ नम्बरमा भुवन सिं लिम्ब र ८ नम्बरमा सुर्यमान राईले उम्मेदवारी घोषणा गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!