बेलबारी, १९ कात्तिक । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ३ (ख) मा दिलप्रसाद राई (डिपी) ले हालेको बागी उम्मेदवारी फिर्ता लिएका छन । उनले आज उम्मेदवारी फिर्ता फिर्ता लिएका हुन ।

Advertisement

उनलाई शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले बिराटनगरको एक होटलमा भेटेका थिए । उनलाई प्रदेशसभाको उम्मेदवार नबनाएको प्रति असन्तुष्ट बनेको युवासंघ र लोकतान्त्रिक जनजाति आदिबासी महासंघ जिल्ला कमिटिले एमाले पार्टी कार्यलय बेलबारीमा लगाएको ताला ३ दिन अघि ताला समेत लगाएको थियो । राईले उम्मेदवार राजकुमार ओझाबिरुद्ध बिहिबार बागी उम्मेदवारी दिएका थिए ।

शुक्रबार बेलबारी १ स्थित तमु बौद्ध गुम्बामा स्वतस्फुर्त बसेको भेलामा केन्द्र, जिल्ला र नगर तहको अगुवा कार्यकर्ताहरुको भेलामा जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक भेषनाथ रिजालको संयोजकत्वमा २ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । इमान्दार नेतालाई टिकट नदिएपछि यस क्षेत्रका एमाले कार्यकर्ताहरु पार्टीको बिरोधमा उत्रिएको थिए ।

यस बिषयमा उनलाइृ सम्पर्क गर्दा उनले यस्को जिम्मा सबै साथीहरुलाई दिएको र उनीहरुकै सल्लाहअनुसार उम्मेदवारी फिर्ता लिएको बताएका छन । उनीसँगै प्रतिनिधसभाका लागी भानुभत्त ढकालका बिरद्ध बागी दिएका भेषनाथ रिजालले समेत उम्मेदवारी फिर्ता लिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!