काठमाडौं, १८ कात्तिक । मनाङको प्रदेशको क्षेत्र २ का एमाले उमेदवार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दिपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् ।

Advertisement

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङ्गेलाई सर्वत्र बिरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो । तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दिपकले स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए ।

अब, एमालेका आधिकारिक उमेदवार खण्डा लामाले स्वतन्त्र उमेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनी समर्थकले एमालेलाई सघाउने उनले जनाए ।

मनाङ सदरमुकाम देखि कुरा गर्दै उनले भने, “सबैको समर्थन अनुसार मैले स्वतन्त्र उमेदवारी दिएको थिए । बाहिर हल्ला भएजस्तो मनाङको अवस्था होइन । हामी सबै मिलेर अगाडि बढ्ने हो । हामी दुई जना उठ्दा हार्ने देखियो र मिल्यौं ।” यो सागै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गे बीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!