Advertisement

काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहीबार क्याविनेट बैठक बोलइएको छैन । परियारले नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार नियमित बैठक बसेकाले अर्को बैठक अवको सोमबार मात्रै बस्ने जानकारी दिए ।

बालुवाटार श्रोतका अनुसार सोमबार बस्ने बैठकले सात प्रदेशको राजधानी तोक्नेछ । तर, आम निर्वाचनपछि यो सरकार कामचलाउ भइसकेकाले निर्वाचनमा ठुलो दल बनेको एमालेले काम चलाउ सरकारलाई मुकाम तोक्ने अधिकार नभएको भन्दै कुनै निर्णय नगर्न चेतावनी दिदै आएको छ ।

एमालेले सरकारले सोमबार सरकारी संस्थानमा गरेका नियुक्तिलगायतका विषयमा समेत असहमति जनाउदै आएको छ । एमालेको यो चेतावनीपछि प्रदेशको मुकाम तोकेपनि प्रदेश प्रमुखको नियुक्तिका बारेमा भने प्रधानमन्त्री देउवाले कुनै निर्णय गर्न सकेका छैनन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!