काठमाडौं, २८ मंसिर । कैलाली १ बाट प्रनिनिधिसभा सदस्यमा विजयी भएका  रेशम चौधरीलाई विजयीको प्रमाण प्रदान नगरिएको भन्दै  मानव अधिकार रक्षक संजालले ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

संजालले चौधरीको पक्षमा भोट दिने मतदाताको कदर गरेर विजयको प्रमाणपत्र उचित प्रक्रिया मार्फत प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको हो ।

चौधरीलाई अहिलेसम्म विजयी प्रमाणपत्र दिइएको छैन ।   उनी तीन दिनसम्म पनि जिल्ला निर्वाचन कार्यालय  नगएपछि प्रमाणपत्र काठमाडौंस्थित  निर्वाचन आयोग पठाइएको छ ।

 वि।स २०७२ भदौ ७ गते  प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तमा कैलालीको टिकापुरमा आठ जना प्रहरी र दुई वर्षीय बालकको मृत्यु भएको थियो । चौधरीलाई सो  घट्नाको मुख्य योजनाकारको आरोप लगाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!