झापामा चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते

झापामा चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते

बनियानी (झापा) । हावाहुरीसँगै परेको चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् । उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेकाले दमकस्थित लाइफलाइन अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । स्...
एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट। त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर ...
आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

लहान । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, न...
चिकित्सकको कमजोरीले मृत्यु भएकी सुत्केरीको शव सहमतिपछि उठाईयो

चिकित्सकको कमजोरीले मृत्यु भएकी सुत्केरीको शव सहमतिपछि उठाईयो

रत्ननगर (चितवन)। भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफल नहुँदा १९ दिनपछि गत शनिबार मृत्यु भएको थियो । चिकित्सकको लापर्बाहीले उनको मृत्यु भएको भन्दै स्थानीय आन्दो...
नुवाकोटमा दुई सय म्यादी प्रहरीले दिए राजीनामा

नुवाकोटमा दुई सय म्यादी प्रहरीले दिए राजीनामा

नुवाकोट। स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस...
लेगुवामा एमालेको चुनावी सभा, कांग्रेस र राप्रपाबाट २७ जना एमालेमा प्रवेश

लेगुवामा एमालेको चुनावी सभा, कांग्रेस र राप्रपाबाट २७ जना एमालेमा प्रवेश

धनकुटा। नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिका–५ सालघारीमा आईतबार चुनावी सभा गरेको छ । सभामा एमाले नेता इन्द्रमणी पराजुली, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदवार मञ्जु अधिकारी, ५ नम्बर वडाध्यक्षका उम्मेदवार शिव तुम्वा लगायतले संबोधन गरेका छन । सभालाई संबोधन गर्दै एमाले नेताहरुले चुनावका वेला मिठा कुरा गर्ने पार्टीहरुको पछि नलागी गाउँको विकास गर्...
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

काठमाडौ। सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ । न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मङ्गलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । न्या...
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति

भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति

काठमाडौ । भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय निजी घरको क्षति मूल्याङ्कन गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लाको क्षतिको विवरण सङ्कलन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा सो क्षति मूल्याङ्कन गरिएको हो । क्षति भएका घरमा बस्ने १० लाख ३६ हजार ५६८ परिवारको जनसाङ्ख्यिक, सामाजिक र आर्थिक विवरण पनि ...
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

महेन्द्रनगर (धनुषा) । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य दलहरुमा प्रमुखका आकाङ्क्षी बढी देखिए पनि पार्टीले अझैसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यता राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएको छ । अर्कोतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने उम्मेदवार छान्ने कसरतमा लागे पनि आकाङ्क्षी बढी भ...
घाँटी मरुवा रोगबाट धान बाली नष्ट

घाँटी मरुवा रोगबाट धान बाली नष्ट

हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको हटियामा धान बालीमा लाग्ने घाँटी मरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीयवासी चिन्तित बनेका छन् । दुःख गरी लगाएको धान बालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्ने गर्न थालेपछि स्थानीयवासीको गुनासो पनि बढेको छ । स्थानीय किरण वाग्लेका अनुसार हटियाको छमुरे फाँटमा पाँच बिघा खेतमा लगाएको धानको बोट घाँटी मरुवा रोगको सङ्क्रमणले नष्ट भएको छ । उहाँले यो रोगबाट किसान म...
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

काठमाडौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ । ...
आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

पाल्पा। आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् । आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँप...
व्यवसायी श्रेष्ठको रिहाइको माग

व्यवसायी श्रेष्ठको रिहाइको माग

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ । सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गर्नुभएको छ । अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई ...
भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताउनुभएको छ । यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु...
राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

काठमाडौ । सरकारले आगामी असार २४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्...
ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर

ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर

बेनी (म्याग्दी)। तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने रु दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले रु आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ । पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने गर्नुभएकी उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आफँैले श्रीमान्लाई पैसा दिने गर्न थाल्नुभएको छ । “व्यावसा...
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

इटहरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणासहित नामावली सार्वजनिक गरेको हो । दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर र...
डेढ वर्ष जेल बसेपछि निर्दोष ठहर

डेढ वर्ष जेल बसेपछि निर्दोष ठहर

धनकुटा। जिल्ला कारागार धनकुटामा डेढबर्ष थुनामा बसेपछि निर्दोश सावित भएर पाँच जना थुनुवा जेल मुक्त भएका छन । धनकुटाको फलाटेको एक घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएका तीन पुरुष र दुई महिला १८ महिना कारागारमा बसेपछि निर्दोश साबित भएका हुन । निर्दोश ठहरिएर थुनामुक्त हुनेमा धनकुटाको पाख्रीवास–११ का मोहन बस्नेत, सोही स्थानका मोहन कार्की, ईलाम नयाँ बजार–९ क...
बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

चितवन। दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ । सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन...
ट्युबेलको पानीले यसरी नुहायो हात्ती ! तस्वीर हेर्नुहोस्

ट्युबेलको पानीले यसरी नुहायो हात्ती ! तस्वीर हेर्नुहोस्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको बाबा ताल छेउमा ट्युबेलको पानीले नुहाउँदै हात्ती । तस्वीर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस
झापामा एउटै सहकारीका २८ जना उम्मेदवार

झापामा एउटै सहकारीका २८ जना उम्मेदवार

दमक। झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ । संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा (एमाले)का तर्फबाट दमक...
नेपाली काँग्रेस बाँके शाखाद्वारा उम्मेदवारको टुङ्गो

नेपाली काँग्रेस बाँके शाखाद्वारा उम्मेदवारको टुङ्गो

खजुरा (बाँके) । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार तोकिएको छ । यसैगरी, पाँचवटै गाउँपालिकाको उ...
अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

पर्वत (फलेवास) । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो । यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो । कभर्डहल निर्माणका लागि ब...
बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

बैतडी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५÷५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वा...
दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण

कञ्चनपुर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मको एक हजार सात सय स्क्वायर मिटर क्षेत्रमा जेब्रा क्रसिङ र सेन्टर लाइनको नि...
कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

दाङ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा शनिवार आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो । कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले सहजताका लागि कारागारभित्रै आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको कारागार प्रशासन...
मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास

मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास

पथरी (मोरङ) । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख हुनुहुन्छ । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख हुनुभएको हो । डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख हुनुहुन्छ । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख हुनुहुन्छ । उहाँले भन्नुभयो – “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थाले...
दमकमा बालिका हत्या थप रहस्यमय बन्दै, पुरिएको नगद भेटियो

दमकमा बालिका हत्या थप रहस्यमय बन्दै, पुरिएको नगद भेटियो

सुरुङ्गा (झापा) । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो । “के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्...
गैँडाले हानेर एक गम्भीर

गैँडाले हानेर एक गम्भीर

रत्ननगर (चितवन)। पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् । स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागे...
दुर्घटनामा परी १० घाइते

दुर्घटनामा परी १० घाइते

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ । काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुप...
साँगुरीगढीमा चारदलको चुनावी तालमेल, अध्यक्षमा जितेन्द्र

साँगुरीगढीमा चारदलको चुनावी तालमेल, अध्यक्षमा जितेन्द्र

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिकामा चार राजनीतिक दलले चुनावी तालमेल गरी संयुक्त उम्मेदवार घोषणा गरेका छन् । डाडाबजारमा कार्यक्रम गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम र संघिय लिम्वुवान मञ्चले संयुक्त रुपमा उम्मेदवार घोषणा गरेका हुन् । उनीहरुले साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राईलाई उम्मेदवार घोषणा गरेका छन । त...
error: Content is protected !!