बनियानी (झापा) । हावाहुरीसँगै परेको चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।

Advertisement

घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् ।

उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेकाले दमकस्थित लाइफलाइन अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययरत उनीहरु आइतबार बेलुका घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । पानी परेपछि उनीहरु रुखमा ओत लागेर बसेको अवस्थामा चट्याङ परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!