नसुनिएको तिङ्ला विद्रोहः प्रतिनिधिसभा चुनावमा पनि ‘नो भोट’
ओखलढुंगा, २९ असोज । सिंगो देश चुनावमय भएको छ । को उम्मेदवार सिफारिस भए, कसले जित्छ, हार्छ भन्ने चर्चा भइरहेको छ । तर, सोलुखुम्बुको तिङ्लामा कुनै चुनावी चर्चा छैन ।
बिहीबार विहान तिङ्ला बजार पुग्दा बजारबासी पुराणको संगीतमा झुमिरहेका थिए ।
उनीहरुलाई चुनावको वास्ता थिएन । स्थानीय तहको चुनावमा ‘नो भोट नो क्यान्डिडेट’ अभियान चलाएका उनीहरु प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिस्कारको पक्षमा छन् । उनीहरु...

























