काठमाडौं, २९ असोज। सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् ।

शनिबार बिहान बा२झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल अगाडि भेटिएको हो ।

Advertisement

उक्त गाडीमा शशिभूषण साह सवार थिए । उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकारे । तर, उनी मन्त्रीको पुस्तक बिक्रीका लागि सरकारी गाडी प्रयोग गरेको विषयमा केही पनि बोलेनन् ।

स्रोतका अनुसार एक साताअघि नै उक्त गाडी लिएर सचिवालयका कर्मचारी व्यक्तिगत पुस्तक बिक्रीका लागि काठमाडौंबाट मधेस झरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!