तरुण दलको राष्ट्रिय भेला नगरकोटमा
काठमाडौँ, ८ माघ। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ ।
मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको चुस्तदुरुस्तता तथा थप निर्माण र भावी रणनीतिका बारेमा बृहत् छलफल गरी ठोस निर्णय लिन बैठक बस्न लागेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।
शाहील...





























