काठमाडौँ, ८ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो ।

Advertisement

बुटवलमा कार्यरत रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी रु तीन लाख मागेको खुल्न आएको उहाँले बताउनुभयो ।
कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!