काठमाडौँ, ८ माघ।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ ।

Advertisement

मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको चुस्तदुरुस्तता तथा थप निर्माण र भावी रणनीतिका बारेमा बृहत् छलफल गरी ठोस निर्णय लिन बैठक बस्न लागेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

शाहीले आज विज्ञप्ति जारी गरी उक्त राष्ट्रिय भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन सबै जिल्ला अध्यक्षलाई आग्रह गर्नुभएको छ । दलको महाधिवेशन भएको १६ महिनासम्म पनि केन्द्रीय समितिको विस्तार नभएका बारेमा समेत छलफल गर्न लागिएको शाहीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!