तेह्रथुम, १६ माघ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो ।

Advertisement

गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको गुल्मपति सेनानी महेश्वर कार्कीले बताउनुभयो । गुल्मका अधिकृतसहित पाँच दर्जनभन्दा बढी सेनाले आफैँ श्रमदान गरी धारा बनाएका थिए । धारा निर्माणका लागि स्थानीयवासी समेतले सहयोग पु¥याएका जनाइएको छ ।

धारामा वरिपरि प्लास्टर गरी धारा परिसरमा तारजालीले घेराबारासमेत गरिएको छ । धारा निर्माणपछि स्थानीयवासीसँगै बटुवालाई समेत सहजता हुने स्थानीय पदमबहादुर तुम्बाहाम्फेले बताउनुभयो ।

जीर्ण अवस्थामा रहेको धारा सेनाले बनाइदिएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । यसअघि पनि इन्द्र दल गुल्मले जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक काम गरी नागरिकसँग सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!